गोरखामा बने प्रहरीका २ वटा नयाँ भवन « Khabarhub

गोरखामा बने प्रहरीका २ वटा नयाँ भवन


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले गोरखास्थित ईलाका प्रहरी कार्यालय हर्मी र प्रहरी चौकी रातमाटेको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रमवीच उद्‍घाटन गरेका छन् ।

सिरानचोक गाउँपालिका-३ मा निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय हर्मी र पालुङटार नगरपालिका-९ रातमाटेस्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी रातमाटेको नवनिर्मित भवनको उद्‍घाटन गरिएको हो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले नेपाल प्रहरी समुदाय-प्रहरी साझेदारी कार्यक्रमका माध्यमबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु लिई समाजका विकृति विसंगति न्यूनिकरणका लागि जनताको समिपमा पुगेको उल्लेख गर्दै कार्यक्रमलाई सफल पार्न सम्पूर्ण सरोकारवाला निकायहरुको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले  भौतिक पूर्वाधारको पर्याप्तताले प्रहरी सेवा प्रवाहमा थप चुस्तता प्रदान गर्ने बताए ।

भवन निर्माण कार्यमा सहयोग गर्ने साथै जग्गा उपलब्ध गराउने व्यक्ति र प्रहरी कर्मचारीहरुलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक निरञ्जन कुमारले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ५१ बजे

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा