पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान « Khabarhub

पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान भएका छन् ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई १ घण्टाका लागि कारागार चलान गरेको हो । भण्डारी म‌ंगलबार अदालतमा उपस्थित भएकोमा अदालतले उनलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्टाका लागि थुनामा पठाएको हो ।

भण्डारीलाई जिल्ला कारागार कार्यालय कञ्चनपुर चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरी कृष्ण अवस्थीले खबरहबलाई जानकारी दिए ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

बारले दायर गरेको मुद्दामाथि सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलाशले गत असार ३० गते भण्डारीविरुद्ध १ रुपैयाँ जरिवाना र १ घण्टा कैदको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ४ : ३६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा