पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान « Khabarhub

पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पत्रकार खेम भण्डारी १ घण्टाका लागि जेल चलान भएका छन् ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई १ घण्टाका लागि कारागार चलान गरेको हो । भण्डारी म‌ंगलबार अदालतमा उपस्थित भएकोमा अदालतले उनलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्टाका लागि थुनामा पठाएको हो ।

भण्डारीलाई जिल्ला कारागार कार्यालय कञ्चनपुर चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरी कृष्ण अवस्थीले खबरहबलाई जानकारी दिए ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

बारले दायर गरेको मुद्दामाथि सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलाशले गत असार ३० गते भण्डारीविरुद्ध १ रुपैयाँ जरिवाना र १ घण्टा कैदको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ४ : ३६ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि