विश्वकप छनोटमा नेपाल कुवेतसँग पराजित « Khabarhub

विश्वकप छनोटमा नेपाल कुवेतसँग पराजित


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तरगत खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपालविरुद्ध कुवेतका कप्तान बादेर अल अलमोतावाले गोल गरे ।

नले खेलको २८ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।

नेपाली खेलाडीले रक्षात्मक खेलेपनि गोल फर्काउन सकेनन् । कुवेतले दोस्रो हाफमा गोल गर्ने अवसर पाए पनि थप गोल गर्न सकेन ।

घरेलु दर्शकमाझ हुनुपर्ने खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानमा खेलाइएको हो । नेपालले यसअघिभन्दा सुधारिएको प्रदर्शन गरेको थियो । यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७–० गोलले पराजित भएको थियो ।

जितसँगै अंक तालिकामा कुवेत शीर्ष दोस्रो स्थानमा रहेको छ । पराजित नेपाल ३ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ४ : ४६ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक