आज पनि नेप्से झिनो अंकले घट्यो « Khabarhub

आज पनि नेप्से झिनो अंकले घट्यो


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । ओरालोको लय भने झिनो रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१४ विन्दुले घटेर एक हजार १२९.९९ विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.३१ विन्दुले बढेर २४८.९१ पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा समेत सामान्य प्रभाव परेको छ । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर रु २५ करोड ९३ लाख ३० हजार ५९५ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर बढेको छ । बैंकिङ १.६२, जलविद्युत् १.६२, वित्त २.८९, निर्जीवन बीमा ३९.७१, लघुवित्त ०.८७ र जीवन बीमा २५.११ विन्दुले घटेको छ । यस्तै व्यापार २७.६४, होटल ४९.११, विकास बैंक २, उत्पादन ०.२८, अन्य १.६६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेका छन् ।

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड २० लाख ४८ हजार ५२ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै, एनएमी बैंक रु दुई करोड चार लाख ६५ हजार, नेपाल बैंक लिमिटेड रु एक करोड ८७ लाख ७२ हजार १८०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु एक करोड ५६ लाख १५ हजार २३२, नबिल बैंक रु एक करोड ३६ लाख ८७ हजार ४३० र सोल्टी होटलको रु एक करोड ३० लाख ३१ हजार १२४ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

आज सबैभन्दा बढी कमाउनेमा सोल्टी होटल छ । सो होटलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८५, नेपाल हाइड्रो ९.३८, ङादी समूह ९.१८, युनिभर्सल पावर ५.७१, जोशी हाइड्रोपावर ५.५६ र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.२४ प्रतिशतले कमाए ।

यस्तै सिन्धु विकास बैंक ७.९३, अरुण काबेली पावर ४.८, अरुण भ्याली हाइड्रोपावर ४.०८, आँखु खोला जलविद्युत् कम्पनी ३.५७ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : २१ बजे

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)