पोखरामा भोलिदेखि नेपाल-भारतबीच सीमा सुरक्षा बैठक « Khabarhub

पोखरामा भोलिदेखि नेपाल-भारतबीच सीमा सुरक्षा बैठक


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र भारतबीच सीमा सुरक्षा बैठक बुधबारदेखि पोखरामा शुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन् । बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिए ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी गराए ।  यो नियमित वार्षिक बैठक रहेको उनले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : ५९ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार