स्वास्थ्यचौकी सारिएपछि रुकुमकोटका स्थानीयबाट विरोध  | Khabarhub Khabarhub

स्वास्थ्यचौकी सारिएपछि रुकुमकोटका स्थानीयबाट विरोध 


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) सिस्ने गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकी सिस्ने गाउँपालिका–६ मा सारिएको भन्दै रुकुमकोटमा विरोध शुरु भएको छ । लामो समयदेखि वडा नं ५ मा रहेको स्वास्थ्यचौकी वडा नं ६ को ढकालबारामा सारेपछि विरोध सुरु भएको हो ।

आफ्नो घरदैलोमा रहेको स्वास्थयचौकी अरू कसैलाई थाहा नदिएर अर्को वडामा सारेपछि विरोध गर्नुपर्ने स्थिति सिर्जना भएको सिस्ने गाउँपालिका–५ का वडा सदस्य फलेन्द्र आचार्यले बताए ।

उनले स्वास्थ्यचौकी जस्तो संवेदनशील क्षेत्र अन्यत्र सार्दासम्म पनि सिस्ने गाउँपालिकाले आफू तथा वडावासीलाई जानकारीसमेत नगराएको आरोप लगाए ।

स्वास्थ्यचौकी वडा नं ५ का ह्याप्ला, चोताबारी, रुमालबारा तथा अन्य कुनै ठाउँमा सार्ने सिस्ने गाउँपालिकाको निर्णय एकलौटी भएको र त्यो निर्णयप्रति आफूलगायत ५ नं वडावासीको गम्भीर आपत्ति रहेको उनको भनाइ छ ।

प्रत्येक स्थानीय तहका हरेक वडामा एउटा स्वास्थयचौकी राख्नुपर्ने नेपाल सरकारको कार्यक्रम रहेको अवस्थामा वडा नं ६ मा नयाँ स्वास्थ्यचौकी माग गर्नुको साटो स्थानीय तहका रुपमा रहेको सिस्ने गाउँपालिकाले वडा नं ५ मा रहेको स्वास्थ्यचौकी वडा नं ६ मा सारेर गल्ती गरेको आरोप उनले लगाए ।

यता सिस्ने गाउँपालिकाले भने सार्नै पर्ने बाध्यता भएर स्वास्थ्यचौकी सारेको जनाएको छ । हाल स्वास्थ्यचौकी रुकुमकोट बसेको ठाउँमा जिल्ला अस्पताल बस्ने भएकाले कार्यपालिकाको निर्णयअनुसार नै जनताको चाहना र आवश्यकताका आधारमा स्वाथ्यचौकी वडा नं ६ को ढकालबारामा सारिएको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्द्धन बुढाले जानकारी दिए ।

उनले वडा नं ५ मा जिल्ला अस्पताल औपचारिक ढङ्गले विधिगत रुपमा स्थापना हुने भएपछि ५ मा भएको स्वास्थ्यचौकी ६ मा सारिएको स्पष्ट पारे । वडा नं ५ को स्वास्थ्यचौकी वडा नं ६ मा सारिए पनि वडा नं ५ को रुमालबारामा छिट्टै एउटा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिने उपाध्यक्ष बुढाले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : ३० बजे

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन

इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर