ढुंगेधारा संरक्षणको अभियानमा जुट्यो ललितपुर महानगर « Khabarhub

ढुंगेधारा संरक्षणको अभियानमा जुट्यो ललितपुर महानगर


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले पानी आउन छाडेका ढुंगेधारामा कसरी पानी ल्याउने भन्ने योजना अघि बढाएको छ ।

पछिल्ला समय संरक्षणका अभावमा ढुंगेधारा लोप हुँदै गएसँगै महानगरले ढुंगेधाराको संरक्षण अभियान अघि बढाएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत पानी सुकेका धारामा कसरी पानी ल्याउने भन्ने योजना अघि बढाएको बताए ।

‘सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य यी ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउने काम थालेकौ हौं’ उनले भने ‘वडा नम्बर ६ र १७ मा रहेका ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थाल्छौं ।’

वडा नम्बर ६ स्थित सुन्धारा, १७ स्थित सिन्चा हिटी र मनी मण्डप हिटी रहेका छन् ।  ढुंगेधारामा पानी ल्याउनका लागि तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताए ।

‘मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर भएपनि यी धारामा पानी ल्याउाछौं’ जोशीले भने ‘यी तीन वटा धाराको मुहान नाय्ख्यमा छ ।’

नाय्ख्य ललितपुर महानगरको वडा नम्बर १५ मा पर्छ । जोशीले ढुंगेधाराको सतहभन्दा पानीको मुहान माथि भएपनि सजिलै आउने बताए ।

मृततुल्य भएका ढुंगेधारामा पानी ल्याउनका लागि राजकुलोलाई पुनर्जिवित गर्ने उनको भनाइ छ । ‘टीकाभैरवमा रहेको राजकुलो सुनाकोठीसम्म व्यवस्थित छ’ उनले भने ‘राजकुलोलाई ल्याउन सकेमा ललितपुरका सबै ढुंगेधारामा पानी आउँछन् ।’

उनले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारामा पानी ल्याउन सकिन्छ । यद्यपी ती ढुंगेधारामा अहिले पानी आउँदैनन् ।

महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको बताए ।

‘यो काम अब ढिला गर्नु हुदैन’ उनले भने ‘पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ त्यो भनेको राजकुलोलाई पुनर्जिवित बनाउनु हो त्यसतर्फ पनि काम थालिनुपर्छ ।’

अध्ययन प्रतिवेदनअनुसार ललितपुर महानगरभित्र ४७ वटा ढुंगेधारा छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ३१ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,