सरकारको चेतावनी पछि त्रिविले मातहतका मेडिकल कलेजसँग छलफल थाल्यो « Khabarhub

सरकारको चेतावनी पछि त्रिविले मातहतका मेडिकल कलेजसँग छलफल थाल्यो


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको चेतावनी पछि त्रिभूवन विश्व विद्यालयले आफ्नो मातहतमा रहेका मेडिकल कलेज सञ्चालकहरुसँग छलफल गरेको छ ।

सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुल्क फिर्ताका लागि १५ दिनको अन्तिम अल्टिमेटम दिएपछि त्रिविले आफ्नो मातहतमा सञ्चालित मेडिकल कलेज सञ्चालकँग छलफल गरेको हो ।

शिक्षा मन्त्रालयले शुल्क फिर्ता नगरे कारबाही अगाडी बढाउने चेतावनी दिएपछि त्रिविका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटाले आफ्नो मातहतमा सञ्चालित ९ वटा मेडिकल कलेजका सञ्चालकहरुसँग छलफल गरेका हुन् ।

सरकारले दिएको अल्टिमेटमको समयअवधि सकिनै लागेकाले त्रिविबाट सम्बन्धन दिएका मेडिकल कलेज सञ्चालकसँग शुल्क फिर्ताका विषयमा छलफल गरेको त्रिविका उपकुलपति डा बास्कोटाले खबरहबलाई बताए । मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीसँग छलफल गरेर अगाडी बढ्न तयार रहेको बताएको त्रिविका उपकुलपति डा बास्कोटाको भनाइ छ ।

‘सरकारले दिएको अल्टिमेटम सकिनै लागेको छ, त्यसैले सकेसम्म आफैआफै मिल नभए सरकारले कारबाही गर्छ भनेको छ, सरकारले सुचना निकालेको एकसाता पुगिसक्यो, कलेजहरु के गर्दैछन भनेर छलफल बोलाएको थिए,’ त्रिविका उपकुलपति डा बास्कोटाले भने, ‘सरकारले कारबाही गर्ने भनेपछि टियुले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ भनेर शुल्ककै विषयमा छलफल गर्न बोलाएको थिए,उनीहरुले आफ्नो कुरा राखे, अब एकपटक विद्यार्थीसँग पनि छलफल गरेर अगाडी बढ्ने भनेका छन् ।’

मेडिकल कलेज सञ्चालकहरुको ‘दादागिरी’– बढी शुल्क लिएका हौं, मन्त्रीले पेल्न खोजे कुर्सीबाट हटाइदिन्छौं

मेडिकल विद्यार्थीसँग मेडिकल कलेजहरुले छलफल गर्न बाँकी रहेकाले सो छलफल पछि नै शुल्क विवादको विषय टुंगिने डा बाँस्कोटाले बताए ।

उनले भने, ‘पहिला त दिने र लिनेवीच नै छलफल हुनुप¥यो, उनीहरु बीचको छलफलपछि नै त्रिविले कसरी सहजकर्ताको भूमिका निभाउनु पर्छ ।’

त्रिविका उपकुलपतिले शुल्क फिर्ताका लागि आगह गरेपनि केही मेडिकल कलेज सञ्चालकहरुले अझै सहमत नभएको स्रोतको भनाइ छ ।

मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन । विद्यार्थीको लामो समयको आन्दोलन पछि शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगले बढी शुल्क फिर्ता गर्ने मेडिकल कलेजलाई शुल्क फिर्ताका लागि निर्देशन दिएको थियो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कात्तिक २५ गते १५ दिन भित्र शुल्क फिर्ता वा समायोजन गर्न मेडिकल कलेजहरुलाई अन्तिम अल्टिमेटम समेत दिएका थिए । शिक्षा मन्त्रालयको अल्टिमेटम मंसिर १० गते सकिदै छ । सरकारले मंसिर १० गतेभित्रमा विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे मेडिकल कलेजहरुमाथि ठगी मुद्धा चलाउने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : ०० बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये