सरकारको २१ महिना- २१ बुँदामा कांग्रेसको समिक्षात्मक टिप्पणी  « Khabarhub

सरकारको २१ महिना- २१ बुँदामा कांग्रेसको समिक्षात्मक टिप्पणी 


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामलाई समिक्षात्मक टिप्पणी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले नेकपा सरकारको २१ महिनाको समीक्षात्मक टिप्पणी २१ बुँदामा गरेको हो।

सरकारको कामलाई सन्तोषजनक नरहेको कांग्रेसले टिप्पणी गरेको छ । अहिलेको सरकारको ५ वर्षको तीन भागमध्ये एक भाग अर्थात् २१ महिना अर्थात् एक तिहाई समय सकिइसकेको अवस्थामा कांग्रेसले सरकारले राष्ट्रियताको प्रश्नमा असफल भएको जनाएको छ ।

‘भारत सरकारले हालै जारी गरेको नक्सामा नेपालको अविभाज्य कालापानीलगायतका भूमि त्यसैभित्रै कोरेको छ। हाम्रो पश्चिमी सीमा महाकाली नदी हो र त्यस पूर्वको कालापानीलगायत हाम्रा भू–भागबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्छ भनेर नेपाली कांग्रेसले आफ्नो धारणा प्रष्टसँग राखेको छ’।

यस्तै कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘ती भू–भाग फिर्ता लिन कम्युनिस्ट सरकारलाई कांग्रेसले सम्पूर्ण रुपमा साथ दिने सार्वजनिक घोषणा पनि हामीले गरिसकेका छौँ। तर, राष्ट्रिय एकताको यो घडीमा सार्थक कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलमार्फत् परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न सरकार असफल भएको छ।’

कांग्रेसको समिक्षात्मक टिप्पणी यस्तो छ-

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ५३ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,