जसले हाँस्न जान्दैन उसले बाँच्न जान्दैन, यी हुन् हाँस्नुका फाइदा « Khabarhub

जसले हाँस्न जान्दैन उसले बाँच्न जान्दैन, यी हुन् हाँस्नुका फाइदा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । हाँस्ने बानी सबैको हुन्छ । दिनमा कति र कुन समयमा हाँस्ने भन्ने नियम छैन ।

कुनै रमाइलो कुरामा जिस्किदा, साथीहरुबीच ठट्ठा गरेर कुराकानी गर्दा वा चुड्किला सुन्दा मानिसलाई हाँसो लाग्छ ।

कुनै पनि कुरामा रमाइलो मानेर हाँस्दा हामीले अन्य कुरा क्षणिक रुपमा भनेपनि बिर्सिएकै हुन्छौं । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ ।

सधै हाँस्ने बानी भएपनि तपाईलाई हाँस्दा हुने फाइदाबारे थाहा छ कि छैन ? यदी छैन भने आज हामी तपाईलाई हाँस्दा हुने फाइदाको बारेमा जानकारी दिदै छौं ।

हाँस्दा हुने फाइदा यस्तो छ

हाँस्दा मनोविकार हट्छ

तपाईको मनमा कुनै कुन्ठा, आवेग, दुःख,पीडा तथा इर्श्या छ भने दिल खोलेर हाँस्नुस् हाँस्दा तपाईको मनमा भएको कुण्ठा, आवेग, दुःख पीडा तथा इर्श्या हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ

हाँस्दा  धेरै मात्रामा अक्सिजन प्राप्त गर्न सकिन्छ । अक्सिजनले क्यान्सरजन्य कोषिका र अन्य हानिकारक ब्याक्टेरिया तथा भाइरस नष्ट गर्छ । हाँसेको समयमा गहिरो श्वास लिइन्छ । यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग भइरोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

कम्मर दुखाइबाट आराम

तपाईलाई कम्मर दुख्ने समस्या छ भने हाँस्ने गर्नुस् हाँस्दा कम्मरको दुखाइ कम हुन्छ ।

व्यायाम हुन्छ

हाँस्नु पनि व्यायाम गर्नु जस्तै हो । हाँस्दा हृदयको एक्सरसाइज हुन्छ र रक्तरञ्चार प्रवाह राम्रो हुन्छ । धेरै खुसी रहने तथा हाँस्ने मानिसलाई हार्ट अट्याकको सम्भावना कम हुन्छ ।

तनावमा मुक्ति

हाँस्ने मानिस सधै खुसी रहन्छ । खुसी मानिसले तनावलाई सजिलैसँग व्यवस्थापन गर्न सक्छ । त्यसैले तनाव व्यवस्थापनका लागि पनि हाँस्नु फाइदाजनक छ ।

जवान देखिन

दिल खोलेर हाँस्ने मानिसको अनुहारको मांसशेपीले राम्रोसँग काम गर्छ । जसले गर्दा तपाईको अनुहारमा रक्तप्रवाह राम्रौ हुन्छ । त्यसैले हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : ०२ बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको