पिन नम्बर कोरिए पनि यसरी गर्न सकिन्छ रिचार्ज (पिन रिकभर गर्ने तरिकासहित) « Khabarhub

पिन नम्बर कोरिए पनि यसरी गर्न सकिन्छ रिचार्ज (पिन रिकभर गर्ने तरिकासहित)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि रिचार्ज कार्डको पिन नम्बर कोरिएर बिग्रिएमा रिचार्ज गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

कहिलेकाहीँ हतारमा, भुलबस रिचार्ज कार्डको पिन नम्बर कोरिने तथा नचिनिने हुनसक्छ । यस्तो अवस्थामा मानिसले उक्त रिचार्ज कार्ड प्रयोग गर्न सक्दैनन् ।

जे पायो त्यही नम्बरले रिचार्ज गर्न खोज्दा फोन नम्बर नै ब्लक हुने अवस्था हुन सक्छ । तर, अब भने त्यो समस्या ग्राहकका लागि दोहोरिने छैन, किनकी टेकिमले रिचार्जमा जम्मा ६ वटा अंक बुझिने भए पनि नयाँ पिन नम्बर उपलब्ध गराउने छ ।

यसका लागि तपाईले टेलिकमको कार्यालय धाउनुपर्ने पनि छैन । आफै घरबाटै रिचार्ज गर्न सक्नुहुनेछ ।

कार्डको पिन नम्बर प्रष्ट नभए वा कोरिए ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराए रिचार्ज हुनेछ ।

यसका लागि टेलिकमको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्नुपर्ने हुन्छ । रिचार्ज कार्डमा भएको १६ अंकको पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिनु पर्नेछ । यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ ।

यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने टेलिकमले जनाएको छ।

कम्तीमा ६ अङ्को पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै सिधै जानुपर्नेछ। यसअघि सबै प्रकारका कोरिएका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमा पुग्नुपर्ने बाध्यता थियो।

यस्तो छ पिन रिकभर गर्ने तरिका

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : २८ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन