पिन नम्बर कोरिए पनि यसरी गर्न सकिन्छ रिचार्ज (पिन रिकभर गर्ने तरिकासहित) « Khabarhub

पिन नम्बर कोरिए पनि यसरी गर्न सकिन्छ रिचार्ज (पिन रिकभर गर्ने तरिकासहित)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि रिचार्ज कार्डको पिन नम्बर कोरिएर बिग्रिएमा रिचार्ज गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

कहिलेकाहीँ हतारमा, भुलबस रिचार्ज कार्डको पिन नम्बर कोरिने तथा नचिनिने हुनसक्छ । यस्तो अवस्थामा मानिसले उक्त रिचार्ज कार्ड प्रयोग गर्न सक्दैनन् ।

जे पायो त्यही नम्बरले रिचार्ज गर्न खोज्दा फोन नम्बर नै ब्लक हुने अवस्था हुन सक्छ । तर, अब भने त्यो समस्या ग्राहकका लागि दोहोरिने छैन, किनकी टेकिमले रिचार्जमा जम्मा ६ वटा अंक बुझिने भए पनि नयाँ पिन नम्बर उपलब्ध गराउने छ ।

यसका लागि तपाईले टेलिकमको कार्यालय धाउनुपर्ने पनि छैन । आफै घरबाटै रिचार्ज गर्न सक्नुहुनेछ ।

कार्डको पिन नम्बर प्रष्ट नभए वा कोरिए ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराए रिचार्ज हुनेछ ।

यसका लागि टेलिकमको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्नुपर्ने हुन्छ । रिचार्ज कार्डमा भएको १६ अंकको पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिनु पर्नेछ । यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ ।

यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने टेलिकमले जनाएको छ।

कम्तीमा ६ अङ्को पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै सिधै जानुपर्नेछ। यसअघि सबै प्रकारका कोरिएका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमा पुग्नुपर्ने बाध्यता थियो।

यस्तो छ पिन रिकभर गर्ने तरिका

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : २८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना