अमेरिकी राष्ट्रपतिमाथि महाभियोग, अब यस्तो हुन्छ प्रक्रिया « Khabarhub

अमेरिकी राष्ट्रपतिमाथि महाभियोग, अब यस्तो हुन्छ प्रक्रिया


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ । ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लागेपछि अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने बहस शुरु भएको छ । अहिलेकै अवस्थामा ट्रम्पको राष्ट्रपति पद गुम्ने छैन् । अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ ।

माथिल्लो सदन सिनेटले पनि ट्रम्पविरुद्ध महाभियोग लगाए उनको राष्ट्रपति पद गुम्ने छ । माथिल्लो सदनमा ट्रम्पको पक्षमा मत आउने छ । जानकारहरुका अनुसार यदी २० रिपब्लिकन मत ट्रम्पको विपक्षमा गए उनी राष्ट्रपतिबाटै हट्नुपर्ने अवस्था आउने छ ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ।

मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो।

अमेरिकाको ४५ औं राष्ट्रपति बनेका ट्रम्प महाभियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् । यसअघि सन् १८६८ मा लिन्डन बी जोनसन र १९९८ बिल क्लिन्टनमाथि महाभियोग थालेको थियो ।

यी दुवै राष्ट्रपतिले आफ्नो कुर्सी जोगाएका थिए । त्यस्तै रिचर्ड निक्सनले भने महाभियोग भन्दा अघि नै राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ८ : ३८ बजे

आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौं– विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा