जान्नुहोस् जाडो मौसमा सुन्तला खानुका १५ फाइदा « Khabarhub

जान्नुहोस् जाडो मौसमा सुन्तला खानुका १५ फाइदा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा घाममा बसेर सुन्तला र बदाम खानुको मज्जा नै बेग्लै हुने गर्दछ ।

जाडो मौसममा फल्ने सुन्तला जाडोको समयमा खाएमा यसले असर गर्छ भन्ने केहि मानिसमा गलत धारणा छ ।

तर सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि लाभदायक हुन्छ । किनकी सुन्तलालाई भिटामिन ‘सी’को प्रमुख स्रोत मानिन्छ । साथै यो सौन्दर्यका हिसाबमा पनि फाइदाजनक मानिन्छ । अरु के के छ त सुन्तला खानुको फाइदा :

१. दिनहु सुन्तलाको सेवन गर्नेहरुमा मिर्गौलाको पत्थरी हुने संभावना कम रहन्छ ।

२. दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई समेत सुन्तला खाँदा लाभ मिल्छ ।

३. डण्डिफोर, खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ ।

४. सुन्तला नियमित खाने मानिसलाई रक्सीको लत छाड्न मद्दत गर्छ ।

५. सुन्तलामा हुने साइट्रस लिमोनोइड्समले विभिन्न क्यान्सरको जोखिमबाट बचाउने गर्दछ ।

६. सुन्तलामा पाइने क्यारोटेनोइड्स नामक तत्वले कलेजोको क्यान्सर हुनबाट जोगाउछ ।

७. सुन्तलामा फाइबर प्रशस्त पाइन्छ यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउन मद्दत गर्छ ।

८. सुन्तलामा हुने पोटासिमय र इलेक्ट्रोलाइट मिनरललाई मुटु रोगीका लागी राम्रो मानिन्छ ।

९. सुन्तलामा पाइने पोलिफेनोल्स तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउने गर्दछ ।

१०. कब्जियतको समस्या हुने मानिसले सुन्तला खाने गरेमा दिसा खलास हुने गर्दछ ।

११. सुन्तलामा हुने फाइबरले पाचन प्रक्रियालाई बलियो बनाउछ ।

१२. सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइड नामक तत्वले आ“खा तेजिलो बनाउने गर्दछ ।

१३. सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

१४. सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ जसले छालालाई चम्किलो बनाउने गर्दछ ।

१५. सुन्तलामा पानिको मात्र प्रसस्त पाइन्छ, यसले डिहाइड्रेसन हुनबाट बचाउँछ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ३ : १४ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे