उदयपुरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

उदयपुरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

आज (बिहीबार) बिहान सवा ९ बजेतिर भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जिप उदयपुरको उदयपुरगढी गाउँपालिका ३, गोठटारमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको उदयपुर जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढाले जानकारी दिए ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का स्थानीय टिकनारायण श्रेष्ठ, उनका भाइ मीनबहादुर श्रेष्ठ र अर्का स्थानीय ढकबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेर रिजर्भ गरी उदयपुरगढी ३ जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते पाँज जनामध्ये तीनको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १२ : १९ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा