अक्षय कुमारमाथि करीनाले यति थुकिन् कि, फेरि मेकअप गर्नुपर्‍यो « Khabarhub

अक्षय कुमारमाथि करीनाले यति थुकिन् कि, फेरि मेकअप गर्नुपर्‍यो


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार र करीना कपूरको जोडी फिल्म ‘गुड न्यूज’ मा देख्न पाइँदैछ ।

फिल्म शूटिङका बेला खिचिएको भिडियो हालै सार्वजनिक भएको थियो । जुन भिडियोमा फिल्म शूटिङका बेला कलाकारले कति रमाइलो गरे भन्ने देख्न सकिन्थ्यो ।

शूटिङका बेलाको एक रमाइलो किस्सा अक्षय कुमारले हालै सार्वजनिक गरेका छन् । उनले द कपिल शर्मा शो मा एक रमाइलो किस्सा शेयर गर्दै एकपटक आफूले फेरि मेकअप गर्नुपरेको सुनाए ।

एक दृश्यमा करीनाले बच्चालाई जन्म दिएकी हुन्छिन् । त्यतिबेला करीना जोडजोडले चिच्याउनुपर्ने हुन्छ । करीना यति चिच्याइन् कि, उनको मुखबाट थुक नै निस्कियो र अक्षयको अनुहारमा पर्‍यो ।

अक्षयले फेरि दोहोरो मेकअप गर्नुपर्‍यो ।

कमेडी जानराको यो फिल्ममा अक्षय र करीनाका अलावा दिलजीत दोशान्ज र कियारा आडवानीको पनि मुख्य भूमिका छ । फिल्मको रिलिजअघि खुबै चर्चा छ । अक्षय कुमारले सन् २०१९ मा ३ वटा हिट फिल्म दिइसकेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ३ : ०७ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट