आपसी खिचातानी छाड्न पौडेललाई गच्छदारको आग्रह « Khabarhub

आपसी खिचातानी छाड्न पौडेललाई गच्छदारको आग्रह


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —कांग्रेस उपसभापति विजय गच्छदारले पार्टीको विवाद समाधानका लागि आपसी खिचातानीभन्दा मिलेर अगाडि बढ्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

बिहीवार विहान वरिष्ठ नेता पौडेलसँग उपसभापित गच्छदारले भेटवार्ता गरेका थिए । ‘पार्टीको समस्या समाधानका लागि आपसी खिचातानीभन्दा पनि मिलेर अगाडि बढौं,’गच्छदारलाई उद्धृत गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पार्टी कमजोर भएको बेला एकीकरण भएमात्र विपक्षीलाई तह लगाउन सकिन्छ।’

पौडेललाई भेटेलगत्तै गच्छदार सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठतर्फ गएका थिए । कांग्रेसमा देखिएको विवाद समाधानका लागि वार्ता समितिले अनौपचारिक वार्ता समितिले छलफल जारी राखेको बेला अन्य नेताहरुले पनि नेतृत्वलाई दबाब दिन थालेका छन् ।

प्रवक्ता शर्माका अनुसार नेताहरु प्रदीप गिरी, नरहरि आचार्यले पनि बिहीबार नै देउवा र पौडेललाई भेट्दैछन्।

१४ औं महाधिवेशनको कार्यतालिका, नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन, तरुण दलको म्याद थप र कार्यसमिति विस्तार तथा विभाग गठनलगायत विषयमा नेपाली कांग्रेसमा विवाद देखिएको छ । जसका कारण केन्द्रीय कार्यसमित बैठक बस्न सकिरहेको छैन ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १ : १० बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष