पीपीएल क्रिकेट :चितवनको लगातार दोस्रो जित « Khabarhub

पीपीएल क्रिकेट :चितवनको लगातार दोस्रो जित


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ ।

पोखरा क्रिकेट मैदानमा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवन अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

चितवनले दिएको २ सय ४ रनको ठूलो लक्ष्य पछ्याएको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।

बुटवलका लागि शिबम सिंहले सर्वाधिक ३३ तथा भिम सार्कीले २१ रन बनाए । हरि चौहानले १२ रन बनाए ।

बुटवलविरुद्ध चितवनका बलर करण केसीले ४ विकेट लिए । यस्तै, रोहन मुस्तफाले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।

पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहनले अविजित ७० रन बनाएका थिए । रोहनले ५६

बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै आरिफ शेखले ४० रन बनाए ।

बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए ।

जितसँगै चितवनले २ खेलमा स्पष्ट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ३ : ३३ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती