चार महिनामा व्यापार घाटा ९ प्रतिशतले कमी « Khabarhub

चार महिनामा व्यापार घाटा ९ प्रतिशतले कमी


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटामा ८.९ प्रतिशतले कमी आई ४ खर्ब १४ अर्ब २ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । सरकारले निर्यात प्रवद्र्धन तथा आयातमा कमी ल्याउनका लागि नेपालमा नै उत्पादन हुने वस्तुको आयातमा भन्सार कर बढाउँदा ती वस्तुहरुको आयातमा कमी आई व्यापार घाटा कम हुन गएको हो ।

यस अवधिमा निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले मात्र वृद्धि भएको थियो । भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ ।

त्यस्तै चार महिनामा आयात ६.९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा मूल्यवृद्धि ५.७६ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ६.२१ रहेकोमा चौथो महिनामा भने केही घटेको हो । सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धिलाई ६ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको छ ।

रेमिट्यान्स २.३ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाहमा २.३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो चार महिनामा रेमिट्यान्स ३ खर्ब ०४ अर्ब ९७ करोडमात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ५.६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । त्यसैकारण पनि रेमिट्यान्स घटेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक महिनामा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

त्यस्तै गरि चालु आर्थिक बर्षको कात्तिक महिनासम्ममा देशको शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा थियो । त्यस्तै यो अवधिमा नेपालको कुल विनिमय सन्चिति ६.२ प्रतिशतले बढेर ११ खर्ब ०३ अर्ब १२ करोड पुगेको छ । गत आर्थिक वर्षको अन्तसम्ममा यस्तो सन्चिति १० खर्ब ३८ अर्ब ९२ करोड रहेको थियो ।

त्यसैगरी चालू आर्थिक वर्षको पहिलो चार महिनामा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १८ हजार ७४३ जना ऋणीलाई ३९ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १२६ जना ऋणीलाई १ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रबाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ४ : ४१ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः