१५ तस्वीरमा हेर्नुहोस्, दीक्षितहरुको खुसी « Khabarhub

१५ तस्वीरमा हेर्नुहोस्, दीक्षितहरुको खुसी



काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा १० हजार १८३ विद्यार्थी दीक्षित भएका हुन् ।

विहीवार पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको दीक्षान्त समारोहमा २०७५ असार १ देखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका १० हजार १८३ विद्यार्थी दीक्षित भएका थिए । शिक्षामन्त्री गिरिराज पोखरेलले ती विद्यार्थीलाई दीक्षित गराएका थिए ।

सोही अवसरमा ५७औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए ।

सो समारोहमा शिक्षा मन्त्रीले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न ३१ पदक/पुरस्कार प्रदान गरेका थिए थियो ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थिति भएपछि शिक्षामन्त्री पोखरेलले समारोहको अध्यक्षता गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताए ।

हेरौ केही तस्वीर

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : ०५ बजे

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको