सार्वजनिक भयो सुरक्षा स्टारर ‘आमा’ को ट्रेलर (भिडियो) « Khabarhub

सार्वजनिक भयो सुरक्षा स्टारर ‘आमा’ को ट्रेलर (भिडियो)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

ट्रेलरमा आमाको मायालाई भावनात्मक ढंगमा प्रस्तुत गरिएको छ । सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल मनिष निरौला, टीका पहारी, देशभक्त खनाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रलाई शर्मिला खनालले निर्माण गरेकी हुन् ।

दीपेन्द्र के खनालको कथा तथा छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । ट्रेलर हेर्दा दमदार लाग्छ ।

मध्यमवर्गीय परिवारका एक सदस्य अस्पतालमा भर्ना हुनुपरेपछि लाग्ने शुल्क र त्यसको खोजीमा जुटेको परिवार र परिवारमा आएको विचलनले पारेको प्रभावलाई चलचित्रमा देख्न सकिन्छ ।

डिएस डिजिटलको प्रस्तुतिमा बनेको यो चलचित्र फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ६ : १६ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र