औषधि बिक्रीमा लापरवाही गरेको पाइएपछि भैरव फार्मेसीमा शिलबन्दी | Khabarhub Khabarhub

औषधि बिक्रीमा लापरवाही गरेको पाइएपछि भैरव फार्मेसीमा शिलबन्दी


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी गरिएको छ ।

भक्तपुर नगरपालिकाले आज गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई औषधिमा लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो ।

अनुगमनमा भनपा वडा नं १ दूधपाटीमा अवस्थित भैरव फार्मेसीको नाममा दर्ता भएको औषधि पसल व्यवसायी अनुपस्थित रहेको साथै विभिन्न नामका औषधिहरु रेफ्रिरेजेटर बाहिर कोठाको तापक्रममा राखिएको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए ।

उक्त फार्मेसीमा लागुऔषधबाहेकका अन्य औषधि बट्टामा नराखेको पाइएपछि शिलबन्दी गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

औषधि विभागका फार्मेसी अधिकृत मुकेन्द्र पञ्जियार, फार्मेसी अधिकृत उमङ्ग त्रिपाठी, फार्मेसी अधिकृत सुरेन्द्र बोहरा, फार्मेसी सुपरभाइजर भीष्म सापकोटाको रोहबरमा पसल शिलबन्दी गरिएको उनले जानकारी दिए ।

शिलबन्दीपछि भैरव फार्मेसीका गोपाल थपलियाले भक्तपुर अस्पतालको बीमाको फार्मेसी बेलुका ६ बजे बन्द हुने र साझाको औषाधि पसलमा बीमाको औषधि उपलब्ध नहुने भएकाले कतिपय औषधि २४सै घण्टा उपलब्ध गराउनुपर्ने भएकाले औषधि बट्टामा नराखिएको जानकारी दिएका थिए ।

अनुगमनकै क्रममा दीप फर्मा प्रालि नवीकरण नगरेको, म्याद नाघेको औषधिहरु छुट्टै नराखी एकै ठाउँमा राखेको, औषधि पसलमा बस्ने केही व्यक्तिहरुको औषधि विभागको अनुमतिपत्र नभएको पाइएको छ ।

त्यस्तै डोलेश्वर फर्मा नवीकरण नगरेको, रोज डेण्टल केयर प्रालि नवीकरण नगरेको, प्यानसहितको बिक्री बिल दिने व्यवस्था नगरेको, सरसफाइमा ध्यान नदिएको, प्राइम डेण्टल नवीकरण नगरेको, सरसफाइ तथा औजार उपकरण निर्मलीकरण व्यवस्थापन नगरेको पाइएको प्रजापतिले जानकारी दिए।

त्यस्तै अधिकारी फार्मेसी पसल दर्ता नभएकाले त्यही दर्ता गराइएको, उत्तम मेडिकल, अल्फा मेडिकल हल अनुगमन गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : ४५ बजे

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण गरिँदै

तनहुँ– तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल