चितवन राष्ट्रिय निकुञ्जमा सेनाले थाल्यो ‘अपरेसन महाहन्ट’ « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा सेनाले थाल्यो ‘अपरेसन महाहन्ट’


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा अपरेसन महाहन्ट शुरु भएको छ । हरेक वर्ष पुसमा गरिँदै आएको महाहन्ट यस वर्ष पनि सञ्चालन गरिएको हो ।

दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आएका छन् ।

विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरूपमा तालिम दिएपछि फौज मङ्गलबारबाट कार्यक्षेत्रमा खटिएको उनले बताए । निकुञ्जमा रहेका चार वटा क्षेत्रलाई पाँच वटा क्षेत्रमा विभाजन गरेर महाहन्ट सञ्चालन गरिएको छ ।

बाहिनीका सुरक्षाकर्मीसँगै निकुञ्ज कर्मचारी र सुरक्षार्थ खटिएको श्री बटुक दलगणका सुरक्षाकर्मी पनि महाहन्टमा सहभागी भएका छन् ।

नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी र सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्नेछ । महाहन्टका क्रममा कुकुरसमेत परिचालन गरिएको छ । हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डुङ्गागस्ती, ड्रोन समेतले गस्ती गरिने छ ।

हाल भएका ४५ वटा सुरक्षा पोष्टका अतिरिक्त ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षात् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जङ्गल उजाड हुने, खोला घटेर सहजै मानिस वारपार गर्नसक्ने हुनाले यो समयलाई चोरी शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केही वर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट अपरेसन हन्ट सञ्चालन गर्दै आएकामा विसं २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको हो । पुस महिनाबाट वर्षात् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : ०० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन