चितवन राष्ट्रिय निकुञ्जमा सेनाले थाल्यो ‘अपरेसन महाहन्ट’ « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा सेनाले थाल्यो ‘अपरेसन महाहन्ट’


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा अपरेसन महाहन्ट शुरु भएको छ । हरेक वर्ष पुसमा गरिँदै आएको महाहन्ट यस वर्ष पनि सञ्चालन गरिएको हो ।

दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आएका छन् ।

विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरूपमा तालिम दिएपछि फौज मङ्गलबारबाट कार्यक्षेत्रमा खटिएको उनले बताए । निकुञ्जमा रहेका चार वटा क्षेत्रलाई पाँच वटा क्षेत्रमा विभाजन गरेर महाहन्ट सञ्चालन गरिएको छ ।

बाहिनीका सुरक्षाकर्मीसँगै निकुञ्ज कर्मचारी र सुरक्षार्थ खटिएको श्री बटुक दलगणका सुरक्षाकर्मी पनि महाहन्टमा सहभागी भएका छन् ।

नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी र सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्नेछ । महाहन्टका क्रममा कुकुरसमेत परिचालन गरिएको छ । हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डुङ्गागस्ती, ड्रोन समेतले गस्ती गरिने छ ।

हाल भएका ४५ वटा सुरक्षा पोष्टका अतिरिक्त ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षात् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जङ्गल उजाड हुने, खोला घटेर सहजै मानिस वारपार गर्नसक्ने हुनाले यो समयलाई चोरी शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केही वर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट अपरेसन हन्ट सञ्चालन गर्दै आएकामा विसं २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको हो । पुस महिनाबाट वर्षात् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : ०० बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग