शक्ति केन्द्रीकरणमा प्रधानमन्त्री, सेना परिचालनको एकलौटी अधिकार खोज्दै « Khabarhub

शक्ति केन्द्रीकरणमा प्रधानमन्त्री, सेना परिचालनको एकलौटी अधिकार खोज्दै


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिकक्ताको कार्यालयलगायत १८ वटा निकायलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेको नागरिक दैनिकमा खबर छ ।

सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफैं अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमाफर्त सेना परिचालनको अधिकार पनि आफैंमा राख्नेगरी मस्यौदा तयार गरी संसदमा दर्ता गराएका छन् । तर, नेपाली कांग्रेसले उक्त कदमको विरोध गरेको छ । कांग्रेसकै विरोधपछि कार्यसूचीबाट विधेयक हटाइएको छ ।

मुख्य उत्पादन करारमा दिन नपाइने शीर्षकको समाचारमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकको विषय उठाइएको छ । लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादनलगायत बजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ । उत्पादनको जिम्मा अरुलाई करारमा दिएर व्यापार मात्र गर्ने प्रवृत्ति रोक्ने विधेयकको लक्ष्य छ ।

त्यस्तै घरभन्दा सडक प्यारो शीर्षकमा छापिएको अर्को समाचारमा इलामको फाकफोकथुन ३ सल्लेरीमा निर्माणाधी सिंहदेवी स्कुल खप्परेबाट सडक निर्माण गर्दा आधा घर नै माटोले पुरिएको तस्वीरसहित स्थानीय ठाउँको विकास र सडक सञ्जाल विस्तारका लागि सर्वसाधारणले घरै माया मारेको विषय उल्लेख छ ।

त्यस्तै पत्रिकाले शैक्षिक उन्नयनका आधार शीर्षकमा सम्पादकीय छापेको छ । अनुदान आयोगजस्ता निकायले पनि गुणस्तरीय निर्णय गर्ने र आफूले दिने अनुदान यथार्थपरक हुनुपर्छ । यस्तो सहयोग अनुदान शैक्षिक उन्नयनका निम्ति हुनुपर्छ । यसरी बाँडिने अनुदानका निम्ति आधार बनाई त्यसैका आधारमा काम गर्ने हो भने कतैबाट पनि गुनासो नआउने उल्लेख गरिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ६ : १४ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र