शक्ति केन्द्रीकरणमा प्रधानमन्त्री, सेना परिचालनको एकलौटी अधिकार खोज्दै « Khabarhub

शक्ति केन्द्रीकरणमा प्रधानमन्त्री, सेना परिचालनको एकलौटी अधिकार खोज्दै


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिकक्ताको कार्यालयलगायत १८ वटा निकायलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेको नागरिक दैनिकमा खबर छ ।

सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफैं अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमाफर्त सेना परिचालनको अधिकार पनि आफैंमा राख्नेगरी मस्यौदा तयार गरी संसदमा दर्ता गराएका छन् । तर, नेपाली कांग्रेसले उक्त कदमको विरोध गरेको छ । कांग्रेसकै विरोधपछि कार्यसूचीबाट विधेयक हटाइएको छ ।

मुख्य उत्पादन करारमा दिन नपाइने शीर्षकको समाचारमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकको विषय उठाइएको छ । लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादनलगायत बजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ । उत्पादनको जिम्मा अरुलाई करारमा दिएर व्यापार मात्र गर्ने प्रवृत्ति रोक्ने विधेयकको लक्ष्य छ ।

त्यस्तै घरभन्दा सडक प्यारो शीर्षकमा छापिएको अर्को समाचारमा इलामको फाकफोकथुन ३ सल्लेरीमा निर्माणाधी सिंहदेवी स्कुल खप्परेबाट सडक निर्माण गर्दा आधा घर नै माटोले पुरिएको तस्वीरसहित स्थानीय ठाउँको विकास र सडक सञ्जाल विस्तारका लागि सर्वसाधारणले घरै माया मारेको विषय उल्लेख छ ।

त्यस्तै पत्रिकाले शैक्षिक उन्नयनका आधार शीर्षकमा सम्पादकीय छापेको छ । अनुदान आयोगजस्ता निकायले पनि गुणस्तरीय निर्णय गर्ने र आफूले दिने अनुदान यथार्थपरक हुनुपर्छ । यस्तो सहयोग अनुदान शैक्षिक उन्नयनका निम्ति हुनुपर्छ । यसरी बाँडिने अनुदानका निम्ति आधार बनाई त्यसैका आधारमा काम गर्ने हो भने कतैबाट पनि गुनासो नआउने उल्लेख गरिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ६ : १४ बजे

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका