पहिला मुड्की अनि श्रमस्वीकृति ! « Khabarhub

पहिला मुड्की अनि श्रमस्वीकृति !


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रम मन्त्रालयले श्रम स्वीकृतिका लागि प्रत्येक प्रदेशका कार्यालय स्थापना गरेपनि सेवाग्राहीले सहुलियत पाएका छैनन् । उल्टो उनीहरुले शास्ती बेहोर्नुपरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

पहिला मुड्की अनि श्रमस्वीकृति शीर्षकमा छापिएको समाचारमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारले स्वदेशमै सास्ती खेप्नुपर्ने अवस्था छ विदेशमा के हालत होला भन्ने उल्लेख गरिएको छ । त्यसमा पनि आइतबार जनकपुरबाट श्रमस्वीकृति लिन गएका युवाले मुक्का खाएका छन् । अस्तव्यस्त कार्यालयलाई व्यवस्थित बनाउन नसक्दा सुरक्षाकर्मीले सेवाग्राहीलाई नै मुक्का बजाएका छन् ।

स्थलगत रुपमा श्रम कार्यालयबाट लिएको रिर्पोटमा सेवाग्राहीलाई झापड हानिएको, सेवाग्राहीले सास्ती पाउँदा कर्मचारी हाँसेको, कार्यालयको अवस्था भद्रगोल रहेको, कर्मचारीको स्वभाव रिसाहा रहेको, आफूले काम नगर्ने अनि सेवाग्राहीले दुःख दिएभन्दै प्रहरीको साहरा लिएको, सातदिनको चक्करबाट पनि श्रमस्वीकृति नपाएको, लाइनमा बस्ने सेवाग्राही बेहोस भएको, बिचौलियामार्फत काम गर्दा सहज भएकोलगायतका कुरा देखिएको छ ।

त्यस्तै कामबाट सम्बन्ध प्रगाढ बनाऔं भन्ने अमेरिकी भनाईलाई पत्रिकाले मुख्य पृष्ठमा छापेको छ । अमेरिकाले दुई देशको सम्बन्ध बोलीमा नभई व्यवहारमा उतारेर प्रगाढ बनाउनुपर्ने जनाएको छ ।

रुकुमपूर्वको भुमे गाउँपालिकाको महत गाउँमा शान्तिको सन्देश दिन गौतमबुद्धको मुर्ति स्थापना गरिएको छ । युद्धस्थलबाट शान्तिको सन्देश दिन शान्ति स्मारक बनाइएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ५ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार