पहिला मुड्की अनि श्रमस्वीकृति ! | Khabarhub Khabarhub

पहिला मुड्की अनि श्रमस्वीकृति !


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रम मन्त्रालयले श्रम स्वीकृतिका लागि प्रत्येक प्रदेशका कार्यालय स्थापना गरेपनि सेवाग्राहीले सहुलियत पाएका छैनन् । उल्टो उनीहरुले शास्ती बेहोर्नुपरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

पहिला मुड्की अनि श्रमस्वीकृति शीर्षकमा छापिएको समाचारमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारले स्वदेशमै सास्ती खेप्नुपर्ने अवस्था छ विदेशमा के हालत होला भन्ने उल्लेख गरिएको छ । त्यसमा पनि आइतबार जनकपुरबाट श्रमस्वीकृति लिन गएका युवाले मुक्का खाएका छन् । अस्तव्यस्त कार्यालयलाई व्यवस्थित बनाउन नसक्दा सुरक्षाकर्मीले सेवाग्राहीलाई नै मुक्का बजाएका छन् ।

स्थलगत रुपमा श्रम कार्यालयबाट लिएको रिर्पोटमा सेवाग्राहीलाई झापड हानिएको, सेवाग्राहीले सास्ती पाउँदा कर्मचारी हाँसेको, कार्यालयको अवस्था भद्रगोल रहेको, कर्मचारीको स्वभाव रिसाहा रहेको, आफूले काम नगर्ने अनि सेवाग्राहीले दुःख दिएभन्दै प्रहरीको साहरा लिएको, सातदिनको चक्करबाट पनि श्रमस्वीकृति नपाएको, लाइनमा बस्ने सेवाग्राही बेहोस भएको, बिचौलियामार्फत काम गर्दा सहज भएकोलगायतका कुरा देखिएको छ ।

त्यस्तै कामबाट सम्बन्ध प्रगाढ बनाऔं भन्ने अमेरिकी भनाईलाई पत्रिकाले मुख्य पृष्ठमा छापेको छ । अमेरिकाले दुई देशको सम्बन्ध बोलीमा नभई व्यवहारमा उतारेर प्रगाढ बनाउनुपर्ने जनाएको छ ।

रुकुमपूर्वको भुमे गाउँपालिकाको महत गाउँमा शान्तिको सन्देश दिन गौतमबुद्धको मुर्ति स्थापना गरिएको छ । युद्धस्थलबाट शान्तिको सन्देश दिन शान्ति स्मारक बनाइएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ५ : ३० बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले