विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानको निर्यात दरमा निरन्तर गिरावट « Khabarhub

विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानको निर्यात दरमा निरन्तर गिरावट


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ ।

कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव छाड्न सक्ने विश्लेषकहरुकाे चिन्ता छ ।

गत बर्षको सोही समयमा जापानको निर्यात दर ६.७ प्रतिशत अर्थात् ६.३८ ट्रिलियन यन रहेकोमा यस बर्ष  १.२ प्रतिशतको कमी आएको हो । त्यस्तै आयातमा पनि निकै कमी आएको छ ।  जापानको आयातमा पनि यस बर्ष ६.७ प्रतिशतले कमी आई ६.०५ ट्रिलियन यन कायम भएको छ ।

‘प्रविधि क्षेत्रको सामानको मागमा आएको ह्रास र समग्र सामानको आयात तथा निर्यातमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानलाई तत्काल सोच्न बाध्य बनाएको छ,’ मिजुहो रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री आसुको साकामोतोले एएफपीसँगको कुराकानीमा भनेका छन्, “आयातमा देखिएको कमजोर तथ्याङ्कले जापानी बजारमा यहाँका कम्पनीद्वारा गर्दै आएको उत्पादनमा आएको गिरावटलाई प्रतिबिम्बित गरेको र यसले जापानी अर्थतन्त्रमा पार्नसक्ने प्रभावप्रति चासो बढेको छ ।”

विश्लेषकहरूले जापानी अर्थतन्त्रको समस्या आउनसक्ने आधारलाई मध्यनजर गर्दैै निर्यात तथा कर्पोरेट लगानीलाई नजिकमा रहेर नियालीरहेका उनको भनाइ छ ।

यद्यपि उक्त समयमा जापानको चीन निर्यात हुने सामानमा ५.५ प्रतिशतले वृद्धि आएको । आयातमा १५.८ प्रतिशतले कमी आएको छ । यसबाट अमेरिका–चीन व्यापार विवादको लाभ चीनसँगको कारोबारका हिसाबले जापानले लिएको देखिन्छ । जापानमा यस बर्ष चीनबाट हुने कपडा, धातुजन्य उत्पादन र श्रव्यदृष्य सामग्रीको आयातमा कमी आएको देखिएको छ ।

राजनीतिक रूपमा अमेरिकासँग अत्यधिक संवेदनशील रहने जापानको अर्थबजारमा अघिल्लो बर्षको तुलनामा यो बर्ष ०.९ प्रतिशतले कमी आउँदा ६ खर्ब २४ अर्ब ९० करोड जापानी यनको कारोबार भएको थियो ।  त्यस्तै यूरोपेली यूनियनसँगको कारोबारमा ५८ अर्ब २ करोड यनको लाभ भएको देखिएको छ ।

फेब्रुअरीमा जापानको जम्मा व्यापार नाफा ३ खर्ब ३९ अर्ब जापानी यन कायम हुन आएको तथ्याङ्क छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १० : ५८ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन