निर्मला हत्या प्रकरण : बयानका लागि पूर्व एसपी विष्ट अदालतमा « Khabarhub

निर्मला हत्या प्रकरण : बयानका लागि पूर्व एसपी विष्ट अदालतमा


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै बर्खास्तीमा परेका नेपाल प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् ।

विष्ट मंगलवार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धनमा गम्भीर लापरबाही गरेको भन्दै पीडित परिवारले विष्टविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा बयान दिनका लागि विष्ट मंगलवार अदालतमा उपस्थित भएका हुन् । पीडित परिवारले विष्टसहित नेपाल प्रहरीका ८ जना बर्खास्त र निलम्बित कर्मचारीवरुद्ध मुद्दा दायर गरेको थियो ।

अन्य ६ जना निलम्बित प्रहरी कर्मचारीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् भने विष्ट मंगलवार अदालतमा हाजिर भएका हुन् ।

यस्तै अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन डिएसपी (हाल निलम्बित) अंगुर जिसीलाई पनि बयानका लागि उपस्थित हुन सूचना जारी गरिसकेको छ । जिसी भने उपस्थित भएका छैनन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ११ : ४६ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार