कांग्रेस आईकी महासविच प्रियंकाले शुरु गरिन् गंगायात्रा | Khabarhub Khabarhub

कांग्रेस आईकी महासविच प्रियंकाले शुरु गरिन् गंगायात्रा


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको मुख्य विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धीले सोमबारदेखि गंगायात्रा शुरु गरेकी छन् ।

उत्तर प्रदेशको मैँयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर गान्धीले तीन दिने यात्रा शुरु गरेकी हुन् । उनी काशीसम्म जाने बताइएको छ ।

गंगा यात्राको पहिलो दिन गान्धीले बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गरेकी छन् । यात्राका क्रममा उनी डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँको दर्शन गर्दै जाने कार्यक्रम छ ।

गान्धीको साथमा काँग्रेसका प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरु छन् ।

गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रुपमा लिइएको छ । आम नागरिकलाई राजनीतिक नेताहरुले प्राथमिकता नदिने गरेको भन्दै उनले जनतासँग संवाद गर्ने बताएकी छन् ।

भ्रमणका क्रममा उनले माझी र नदिका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया समेत गर्नेछिन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १ : ५२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार