राम्रो व्यवस्थापन नगरि लगानी सम्मेलन गर्नुको कुनै अर्थ छैन– सांसद अधिकारी « Khabarhub

राम्रो व्यवस्थापन नगरि लगानी सम्मेलन गर्नुको कुनै अर्थ छैन– सांसद अधिकारी


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले राम्रो व्यवस्थापन नगरि लगानी सम्मेलन गर्दैमा वा कानून पास गर्दैमा कुनै अर्थ नहुने दाबी गरेका छन् ।

मंगलबार राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै सांसद अधिकारीले लगानीका लागि विदेशी लगानीकर्ताले केही पक्षको ख्याल गर्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको को तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय सभामा पेश गरेको विदशी लागनी तथा प्रविधी हस्तान्तरण सम्बन्धी कानूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद अधिकारीले राम्रो व्यवस्थापन नगरि लगानी सम्मेलन गर्दैमा प्रभावकारी कार्यन्वयन नहुने बताए ।

लगानी कर्ताले आफूले लगानी गर्दा प्रतिफल हुन्छ कि हुदैन ? लगानी सुरक्षित हुन्छ कि हुँदैन हेर्ने, लगानीको फाइदा आफ्नो देशमा लैजान सकिन्छ कि सकिन्न लैजादा अदालतहरुको व्याख्या हेर्ने र व्याख्यामा कानूनको शासन छैन भन्ने उसले ठान्यो भने वैदेशिक लगानी नआउने अधिकारीको भनाइ थियो ।  विदेशी लगानी आउन सबै कुरा मिल्नुपर्ने उनको भनाइ थियो ।

सरकारले चैत १४/१५ गते लगानी सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  २ : ०६ बजे

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा