धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट’ हुँदै « Khabarhub

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट’ हुँदै


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

चर्चित हास्यकलाद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ यही चैत्र २३ गते सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

फाउन्डेशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सो खेल प्रतियोगिता आयोजना गर्न लागिएको पनि जानकारी गराएको छ ।

मुलुकको गौरव हुने गरी बनाउन लागिएको सो रंगशालामा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका काठमाडौंमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको फाउनडेशनकी संस्थापक कुुञ्जना घिमिरे ‘सुन्तली’ले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न सबैलाई अपिल गरे ।

उनले सो क्रिकेट मैदान निर्माण गर्न लागेकोमा सम्पूर्ण क्रिकेट खेलाडीहरुले गौरवको महशुस गरेको उल्लेख गर्दै त्यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतियोगितामा कलाकार र राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । क्रिकेट खेलाडीहरुको टिमको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने कलाकारहरुको टिमको नेतृत्व वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् ।

फाउन्डेशनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो खेल हेर्न ३ सय र १ हजार दरको टिकटको पनि व्यवस्था गरेको छ ।

करिव ३ अरव लागत अनुमान गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी रहेको पनि फाउन्डेशनले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले पनि निर्माणाधिन सो रंगशाला निर्माणमा सहयोग गर्न सबैलाई अपिल गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ४ : ३३ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’