मधेशमा उत्सवको रुपमा सीके राउतलाई स्वागत « Khabarhub

मधेशमा उत्सवको रुपमा सीके राउतलाई स्वागत


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगठित ‘जनमत पार्टी’का अध्यक्ष डा. सीके राउतलाई सिरहा, सप्तरी लगायत तराईका विभिन्न जिल्लामा स्वागत सहित अभिनन्दन गरिएको छ ।

मंगलबार विहान ११ बजेदेखि नै अभिनन्दन तथा स्वागतको कार्यक्रम राखिएको हो  । विहान सिरहाको लहानमा स्वागत तथा अभिनन्दन गरिएको थियो भने  दिउँसो रुपनीमा उनलाई समर्थकहरुले भव्य स्वागत गरे ।

सीके राउतको स्वागतका लागि निस्किएको र्‍याली  सप्तरीको राजविराज, मंसापुर-हनुमाननगर-योगिनिया, कंकालिनी मंदिर हुँदै भारदहसम्म पुगेको थियो । स्वागत र्‍यालीमा सहभागीहरुले राउतको पक्षमा नाराबाजी सहित बाजागाजासहित खुशीयाली मनाए ।

सरकारसँग भएको ११ बुँदे सम्झौतासँगै मधेशी जनताको ऐतिहासिक तथा अभूतपूर्व जित भएको भन्दै उनीहरुले खुशीयाली मनाएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ६ : ३९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या