आईपीएल खेल्न सन्दीप भारत जाँदै, दिल्लीको पहिलो रोजाइमा पर्लान् ? « Khabarhub

आईपीएल खेल्न सन्दीप भारत जाँदै, दिल्लीको पहिलो रोजाइमा पर्लान् ?


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार भारत जाने भएका छन् ।

मंगलबार काटमाडौंमा पत्रकार सम्मेलन गरी सन्दीप दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न बुधबार बिहान ८ः१५ बजे जेट एयरवेजमार्फत दिल्ली जाने जानकारी दिइएको हो ।

यसअघिको ११ औं संस्करणको आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका लामिछानेले यो सिजनमा पनि सोही टोलीबाट खेल्नेछन् । तर अहिले दिल्ली डेयरडेभिल्सले टिमको नाम परिवर्तन गरी दिल्ली क्यापिटल्स राखेको छ ।

पत्रकार सम्मेलनमा सन्दीपले दिल्लीलाई जिताउन हरसम्भव प्रयास गर्ने बताए । सन्दीपले आफ्नो टिममा राम्रा खेलाडी भएकाले टोलीले उपाधि उचाल्नेमा आफु आशावादी रहेको बताएका हुन् । उनले दिल्ली बलिङ र ब्याटिङ दुवै पक्षेमा बलियो रहेको दाबी गरे ।

शनिबारबाट शुरु हुन लागेको आईपीएलको उद्घाटन खेलमा साविक विजेता टोली चेन्नाई सुपर किङ्स र रोयल च्यालेन्जर्स  बैंङ्लोरबीचको हुँदैछ । आईपीएलमा सहभागी ८ टोलीले एकअर्कासँग गरी समूह चरणमा १४ खेल खेल्नेछन् ।

यस्तै, सन्दीपको टोली दील्ली क्यापिटल्सले लिगमा १४ खेल खेल्नेछ भने पहिलो खेल मार्च २४ मा मुम्बई इन्डियन्सविरुद्ध मुम्बईकोे घरेलु मैदानमा खेल्नेछ । आईपीएलमा दिल्लीले आफ्नो १४ खेलमध्ये ७ खेल घरेलु मैदानमा र ७ खेल विपक्षीको मैदानमा खेल्नेछ ।

विश्व क्रिकेटका फ्रेन्चाईज लिगमा सर्वाधिक लोकप्रिय आईपीएलमा गएको वर्ष डेब्यु गर्र्दै सन्दीपले दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयरडेभिल्स) का लागि तीन खेल खेलेका थिए ।

अघिल्लो सिजनमा तीन खेल मात्रै खेल्ने अवसर पाएका सन्दीपलाई दिल्लीले यो सिजनका लागि रिटेन गरेको हो । सन्दीपलाई यो वर्ष पनि दिल्लीले भारतीय रुपैया २० लाख (३२ लाख नेपाली रुपैयाँ) मा रिटेन गरेको हो ।

सन्दीपको प्रदर्शनका कारण उनको पारिश्रमिक बढ्ने आम अपेक्षा भएपनि गत वर्ष दिल्लीमा अनुबन्धित भएको र क्लबसँगको आपसी सम्झौता अनुसकार उनको पारिश्रमिक बढ्न नसकेको हो ।

त्यसो त गत सिजनमा पनि सन्दीपले डेब्यु प्रतियोगितामा चामत्कारिक प्रदर्शन गरेका थिए । टोलीले अन्तिमतिरका खेलमा सन्दीपलाई ठाउँ दिएको थियो । तीन खेल खेलेका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिन सफल भएका थिए ।

तर, यो सिजनमा भने सन्दीपलाई सुरुवातीबाट मैदानमा उतार्ने प्रवल सम्भावना दिल्लीले देखाएको छ । उनका हरेक खेललाई दिल्लीले पछ्याउँदै ट्वीटरमार्फत बधाइ दिनुका साथै प्रसंशा गर्दै आएको छ ।  उनले यसै सिजनमा अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग लगायतका प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ७ : ४० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग