कर्णाली प्रदेश : विधेयक पारित | Khabarhub Khabarhub

कर्णाली प्रदेश : विधेयक पारित


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको छैटौँ बैठकले ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ ।

‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का सम्बन्धमा विधायन तथा प्रदेश मामिला समितिको संशोधन गर्ने निर्णय र प्रस्तुत प्रतिवेदन समितिका अध्यक्ष पदमबहादुर रोकायाले सभामा पेश गरेका थिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका तर्फबाट सामाजिक विकासमन्त्री दल रावलले जवाफ दिएपछि सभाबाट सर्वसहमतिले विधेयक पारित गरिएको थियो ।

त्यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णाली प्रदेशको ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा टेबुल गर्नुभयो । प्रदेशसभाको सातौँ बैठक आगामी चैत १५ दिउँसो १ बजे हुने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ९ : ०२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका