बाग्मती सौन्दर्यीकरणका नाममा १ अर्ब ९१ करोड स्वाहा ! « Khabarhub

बाग्मती सौन्दर्यीकरणका नाममा १ अर्ब ९१ करोड स्वाहा !



काठमाडौं- बाग्मती सुधार आयोजनामा फोहोर व्यवस्थापन, बाग्मती सौन्दर्यीकरण, बाग्मती सरसफाई तथा बस्ती व्यवस्थापनमा ढिलासुस्ती देखिएको छ ।

सहरी विकास मन्त्रालय तथा सहरी विकास तथा भवन निर्माण विभागले काम तीव्र गतिमा अघि बढाउन नसक्दा सो आयोजनाको काम कछुवा गतिमा अघि बढेको हो आयोजनाले चार वर्ष अघि ढल सिँधै बाग्मती नदीमा मिसिन नदिनका लागि गुहेश्वरीको पूर्वफाँटमा एक सय रोपनी जग्गा अधिग्रहण गरी प्रशोधन प्रविधि सञ्चालनमा ल्याउने तयारी थालेको थियो । तर हालसम्म प्रशोधन प्रविधि निर्माणको काम सम्पन्न भएको छैन ।

बाग्मती नदी मुहान संरक्षण, जलाधार क्षेत्र संरक्षण, नदीको वातावरणीय सुधार तथा सौन्दर्यीकरण जस्ता कार्यहरु गर्न एसियाली विकास बैंक र नेपाल सरकारबीच ६ मार्च २०१४ मा सम्झौता भइ ३१ मे २०१९ मा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको थियो । आयोजनाको कुल लागत अमेरिकी डलर ३६ मिलियनमध्ये ऋण सहायता २५ दशमलव ५ मिलियन, अनुदान सहायता ४ दशमलव ५ मिलियन र नेपाल सरकारको स्रोततर्फ ६ मिलियन हुने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको समयवधि समाप्त हुँदा रु १ अर्ब ९१ करोड ३२ लाख खर्च भएको छ भने काम जम्मा ३२ प्रतिशत मात्र पूरा भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको सरसफाई कार्यक्रम तथा करिडोर निर्माणको काम समेत सुस्त गतिमा भएको छ ।

फोहोर पानी व्यवस्थापन

बाग्मती कार्ययोजनामा बाग्मती तथा यसका सहायक नदीले प्रदूषित पानी व्यवस्थापन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड र एकीकृत बाग्मती सभ्यता विकास समितिले कार्यन्वयन गर्ने भनिएको थियो ।

जसअन्तर्गत गोकर्ण, गुहेश्वरी, त्रिपुरेश्वर, धोवीघाट, हनुमानघाट, सल्लाघारी र बालकुमारी लगायत ७ स्थानमा रु.१६ अर्ब ६६ करोड लागतमा फोहोर पानी व्यवस्थापन केन्द्र स्थापना गर्ने लक्ष्य रहेकोमा गुहेश्वरी, धोवीघाट, सल्लाघारी र बालकुमारी गरी ४ स्थानमा प्रशोधन केन्द्र निर्माणको चरणमा रहेका छन् ।
गोकर्ण, त्रिपुरेश्वर तथा हनुमानघाटका प्रशोधन केन्द्रहरुको डिजाइन कार्य मात्र भएको छ ।

बाग्मती सौन्दर्यीकरण(ब्युटीफिकेशन)

बाग्मती सुधार आयोजना अन्तर्गत गोकर्णदेखि सिनामंगलपुलसम्म नदी नियन्त्रण गर्ने कार्य सम्पन्न भएको छ । पैदलयात्री मार्ग निर्माणका लागि १ अर्ब ९० करोड २८ लाखमा निर्माण व्यवसायीसँग गत माघ १८ गतेभित्र सक्ने गरी सम्झौता भएको थियो । सम्झौता अवधि समाप्त हुँदासम्म जम्मा ५५.५४ प्रतिशत कार्य प्रगति भएको पाइएको छ भने १ अर्ब ५ करोड ६९ लाख भुक्तानी भएको छ ।

महालेखा परीक्षकको कार्यलयले सो आयोजनाको स्थलगत अवलोकन गर्दा आयोजनाको शुरुको विन्दू गोकर्ण ड्यामदेखि गुहेश्वरी खण्डसम्म निर्माण कार्य सम्पन्न नभएको जनाएको छ ।

निर्माण कार्यको डिजाइनमा १२ मिटर क्षेत्रमा पैदलयात्री मार्ग, साइकलयात्री मार्ग र हरियाली क्षेत्र निर्माण गर्ने लक्ष्य राखेको थियो । यद्यपि लक्ष्य अनुसार काम नभएको महालेखाले औल्याएको छ ।

साथै बाग्मती नदीको किनारमा लगाइएका बोटविरुवालाई संरक्षण गरी बाग्मती नदीमा भएको सम्पूर्ण फोहोरलाई हटाएर २०७५ भित्र स्वस्थ्य सफा हराभरा अर्थात् सौन्दर्यीकरण बाग्मती बनाइसक्ने भनिएको पनि हालसम्मको प्रगति भएको छैन ।

बाग्मती किनारका सबै स्थानमा हरिभराउको त कुरै छोडौं कतिपय स्थानमा बोटविरुवा समेत छैनन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ८ : २२ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको