‘छक्का पञ्जा २’ र ‘एभेन्जर्स: इन्ड गेम’ एकसाथ रिलिज हुने « Khabarhub

‘छक्का पञ्जा २’ र ‘एभेन्जर्स: इन्ड गेम’ एकसाथ रिलिज हुने


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख १३ गतेबाट नेपालमा ‘छक्का पञ्जा २’ पुनः रिलिज हुने भएको छ । यो मितिमा नेपालमा अरु कुनै फिल्म पनि रिलिज नहुने भएपछि ‘छक्का पञ्जा २’ पुनः रिलिज हुने भएको हो । यद्यपि यही दिन हलिउडको प्रतीक्षित फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ रिलिज हुँदैछ ।

पहिले नै रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ अन्य दुई सिरिजको तुलनामा कम चलेको थियो । फिल्म ‘छक्का पञ्जा’ को व्यापार भने आक्रामक थियो ।

दीपकराज गिरी लगायतको टिमले निर्माण रहेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन् । कमेडी जानराको यो फिल्ममा जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, प्रियंका कार्की, स्वरुप पुरष ढकाल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय छ ।

यसपटक भने फिल्मबाट उठेको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई सहयोग गरिने ‘छक्का पञ्जा २’ टिमले जनाएको छ ।

यता मल्टिप्लेक्सका दर्शकले भने ‘एभेन्जर्सः इन्ड गेम’ को पनि लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । यो फिल्ममा कैयन् सुपरहिरोहरु हुनेछन् । सुपरहिरोहरुलाई हामीले मार्भलको सिनेम्याटिक युनिभर्समा लड्दै गरेको देख्नेछौँ । यो फिल्म थ्रीडीमा पनि रिलिज हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया