मोदीको पार्टीलाई भोट हालेपछि मतदाताले काटे आफ्नै औंला « Khabarhub

मोदीको पार्टीलाई भोट हालेपछि मतदाताले काटे आफ्नै औंला


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लखनउ– भारतमा एक यूवाले लोकसभा चुनावमा भोट गरेपछि आफ्नो औंला काटेका छन् । सर्तकता अपनाउन नसक्दा गलत पार्टीलाई भोट हालेको भन्दै ती युवाले आफ्नो औंला काटेको बिबिसीले उल्लेख गरेको छ ।

पवन कुमार नाम गरेका उनले उत्तर प्रदेशको बुलन्दशहरमा बिहिबार भोट गरेका थिए । उनले दलित सर्मथित बुहजन समाजवादी पार्टीलाई भोट गर्न चाहेका थिए, तर उनले भारतीय जनता पार्टीलाई भोट गरेको बताएका छन् । भारतीय जनता पार्टी भारतीय प्रधानमन्त्री नरेनद्र मोदीकाे दल हो ।

उनले स्थानीय पार्टीलाई भोट गर्न भनि गए पनि चुनाव चिह्नको कारण अर्कै पार्टीलाई भोट गर्न पुगेकाले निराश भई औंला काटेको प्रतिक्रिया दिएका छन् ।

समाजवादी पार्टीको चुनाव चिह्न हात्ती भएको र यसले अन्य दुई पार्टीसँग साँठगाँठ गरी भारतीय जनता पार्टीविरुद्ध चुनाव लडिरहेको छ ।

भारतीय जनता पार्टीको चुनाव चिह्न भने कमलको फुल रहेको छ । भारतमा अहिले दोस्रो चरणको चुनाव भइरहेको छ, जहाँ ९० करोड जनता भोट गर्न योग्य छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १२ : २१ बजे

चेन्नईका सन्जु सामसनको विष्फोटक शतक, मुम्बईको लज्जास्पद हार

वानखेडे – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति सम्पन्न

केन्द्रीय कारागार सुन्धाराबाट फरार तीन जना पक्राउ

काठमाडौँ – प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख