भाषण गरिरहेका कांग्रेस नेता हार्दिकमाथि चड्कन प्रहार | Khabarhub Khabarhub

भाषण गरिरहेका कांग्रेस नेता हार्दिकमाथि चड्कन प्रहार


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा चुनाव जारी रहँदा विभिन्न घटनाहरु सार्वजनिक भइरहेका छन् ।

भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार भएको भोलिपल्ट अर्थात शुक्रवार(आज) गुजरातमा कांग्रेसका नेता हार्दिक पटेलमाथि हातपात भएको छ ।

यो घटना सुरेन्द्र नगरको बढवानामा भएको हो । हार्दिकलाई चड्न हान्ने व्यक्तिलाई मानिसहरुले नराम्रोसँग कुटाइ गरेका छन् ।

हार्दिक पटेललाई चड्कन हानिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हार्दिक पटेल र्यालीलाई सम्बोधन गरिहेका देखिएका छन् । त्यतिनै बेला एक व्यक्ति आए र उनलाई चड्कन हान्न शुरु गरे । यसबीचमा मञ्चमा रहेका व्यक्तिले चड्कन प्रहार गर्ने व्यक्तिलाई समाते र उनलाई पिटे । उनको कपडा च्यातिदिए ।

कार्यक्रम स्थलमा उपस्थित प्रहरीले ति व्यक्तिलाई भीडबाट बचाएको छ र अस्पतालमा भर्ती गरेको छ । चड्कन खाएपछि हार्दिक पटेलले यसको आरोप बीजेपीमाथि लगाएका छन् । आफूलाई बीजेपीले मार्न चाहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १२ : २३ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार