भलिबललाई दर्शकको साथ, पुरुषतर्फ आर्मी र एपीएफ विजयी « Khabarhub

भलिबललाई दर्शकको साथ, पुरुषतर्फ आर्मी र एपीएफ विजयी



नेपालगञ्ज – आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज (शुक्रबार) भएको पुरुष भलिबल तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।

नेपालगञ्जको खजुरास्थित शुक्र भलिबल मैदानमा भएको खेलमा आर्मीले गण्डकीलाई ३—१ को सोझो सेटमा पराजित गरेको हो ।

आर्मी विरुद्ध पहिलो सेट हात पारेको गण्डकी प्रदेशका खेलाडीहरुले पहिलो सेट राम्रो खेलेपनि पछिल्ला तीन सेटमा लय कायम राख्न सकेनन् । पहिलो सेटमा गण्डकी प्रदेशले २५—२२ को अंकले पराजित गरेको थियो । भने दोस्रो, तेस्रो र चौथो सेटमा आर्मीले गण्डकीलाई २५–१८,२५–२१ र २५–१४ को सेटमा पराजित गर्दै प्रादेशीक टोलीलाई पाखा लगाएको हो ।

विभागीय टोली आर्मी राष्ट्रिय खेलकुदमा सबैभन्दा बलियो टोलीका रुपमा हेरीएको टोली हो । तर, पनि भलिकल कोर्डमा उपस्थित दर्शकहरुले आर्मीका खेलाडी भन्दा गण्डकीका खेलाडीहरुको समर्थन गरेका थिए ।

लगभग दर्शकले खचाखच भएको भलिबल कोर्डमा दर्शकको साथ पाउँदा खेलाडीहरु पनि उत्साहित भएका थिए । खेल बिहान भएपनि बिहानीबो दोस्रो खेल भएकाले आर्मी र गण्डकीको खेल शुरु हुन ९ बजीसकेको थियो । समयसँगै खेल स्थलमा पनि दर्शकहरुमा उत्साह बड्दो थियो ।

खेल शुरु हुँदै जादाँ मैदानसँगै वातावरण पनि तातो भइरहेको थियो । तातो हावाको वेग सँगै आर्मीका खेलाडीहरुले एक सेट गुमाउँदा गण्डकीका केही खेलाडीहरु तिर दर्शकले नजर लगाएका थिए । भने पहिलो सेट हारेपनि आर्मीका खेलाडीहरुमा स्टामीना रहेको र जुनसुकै अवस्थामा पनि खेल आफ्नो पक्षमा लिने दर्शकहरु अनुमान लगाइरहेका थिए ।

भलिबल हेर्न ८–९ वर्षका बालबालीका देखि वृद्धहको पनि उपस्थिती थियो । पहिलो पटक नेपालगञ्जमा राष्ट्रिय खेलकुद भइरहँदा दर्शकको उत्हाजनक सहभागीता रहेको आर्मीका कप्तान हरिसराज थापाले बताए ।

‘मौसम गर्मी छ । तर, पनि स्थानीय दर्शकहरुको राम्रो साथ पाइरहेका छौं,’ भलिकल कोर्डमा दर्शकको सहभागीता बारे कप्तान थापाले अगाडि भने,‘हाम्रो टिममा पहाडी तथा हिमाली भेगका खेलाडीको संख्या धेरै छ । तर, पनि यहाँका दर्शकको साथसँगै हामी उत्साहका साथ खेलीरहेका छौं ।

आर्मी विभागीय टोली राम्रो भएपनि प्रादेशीक टोलीले राम्रो खेलेको कप्तान थापाले बताए । ‘विपक्षी खेलाडीहरुले पनि राम्रो खेले । हामीले पहिलो सेटमा टिम सेट हुन नपाउँदा गुमायौं । अब टिमको लक्ष्य उपाधि उचाल्ने हो । त्यही अनुसार बाँकी खेल खेल्छौं ।’

भलिबलको आजै बिहान भएको पहिलो खेलमा अर्को विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफले आयोजक प्रदेश नम्बर ५ लार्य ३–० को साझो सेटमा पराजित गरेको हो । एपीएफले प्रदेश ५ लाई २५–८,२५–२१ र २५–२१ कोृ सेटमा पराजित गरेको हो ।

त्यस्तै बिहान भएको महिला भलिबल तर्फ पहिलो खेलमा एपीएफले प्रदेश नम्बर १लाई ३–० को साझो सेटमा पराजित गरेको थियो । जसमा एपीएफले तीनै सेटमा प्रदेश १ लाई १० अंकभन्दा बढी जोड्न दिएन । एपीएफले प्रदेश एक लाई २५–४, २५–९ र २५–१० को सेटमा पराजित गर्यो ।

त्यस्तै, महिला भलिबलको दोस्रो खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ लाई ३–० को सेटमा पराजित गरेको हो । जसमा प्रदेश ३ ले २५–९,२५–७ र २५–१३ को सेटमा पराजित गर्यो ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : ३५ बजे

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु