आठौं राष्ट्रिय खेलकुद : प्रदेश ५ द्वारा विभागीय टोली एपीएफ पराजित « Khabarhub

आठौं राष्ट्रिय खेलकुद : प्रदेश ५ द्वारा विभागीय टोली एपीएफ पराजित


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालगन्ज– आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा प्रदेश नम्बर ५ ले विभागीय टोली शसस्त्र प्रहरी बलको टोली एपीएफलाई पराजित गरेको छ । शुक्रबार खजुराको ‘डी’ गाउँमा भएको खेलमा प्रदेश ५ ले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफविरुद्ध प्रदेश ५ का लागि पुर्ण बहादुर गुरुङ, विवेक पुन र सुज्जु सेनले समान १–१ गोल गरे । विभागीय टोली एपीएफका लागि आशिस लामा र प्रदिप लामाले १–१ गोल गरे ।

पहिलो हाफमा एपीएफले अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा विभागीय टोलीले खेल सुम्पिन पुग्यो । एपीएफका लागि खेलको १८ औँ मिनेटमा आशिसले गोल गर्दैसुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै २६ औँ मिनेटमा प्रदिपले गोल गर्दै एपीएफले दोब्बेर अग्रता बनाएको थियो ।

प्रदेश ५ का लागि खेलको ४० औँ मिनेटमा पुर्ण बहादुरले, ४३ औँ मिनेटमा विवेकले र खेलको ७६ औँ मिनेटमा सन्जुले गोल गर्दै टिमलाई जीत दिलाएका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  २ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको