तपाईंको इन्स्टाग्रामको पासवर्ड कसैले प्रयोग गरिरहेको त छैन ? फेसबुकले गर्‍यो खुलासा « Khabarhub

तपाईंको इन्स्टाग्रामको पासवर्ड कसैले प्रयोग गरिरहेको त छैन ? फेसबुकले गर्‍यो खुलासा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल कम्पनी फेसबुकले गत महिना भएको पासवर्डसँग सम्बन्धित घटनाबाट ‘दशौं लाख’ इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएको पुष्टि गरेको छ ।

इन्स्टाग्रामको स्वामित्व रहेको सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक ब्लग सार्वजनिक गर्दै यसको पुष्टि गरेको हो । यसअघि फेसबुकको पासवर्डसँग सम्बन्धित घटनाबाट दशौं हजार प्रयोगकर्ता प्रभावित भएको बताइएको थियो ।

‘हामीले हालै इन्स्टाग्रामका पासवर्डहरु रिडेबल फम्र्याटमा स्टोर गरेको पत्ता लगाएका छौं ।’ कम्पनीले जनाएको छ, ‘हाम्रो अनुमान अनुसार यसबाट दशौं लाख इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएका छन् । यसबारे हामी हाम्रा प्रयोगकर्तालाई सूचना दिनेछौं ।’

‘हाम्रो अनुसन्धानले स्टोर भएका ती पासवर्डहरु आन्तरिक रुपमा दुरुपयोग भएको वा ती पासवर्डमा कसैले पहुँच पु¥याएको भेटेका छैनौं ।’ फेसबुकले ब्लगमा लेखेको छ ।

फेसबुकले यस घटनाबाट कति लाख प्रयोगकर्ता प्रभावित भए भन्नेबारे भने केही खुलाएको छैन ।

अघिल्लो महिना फेसबुकले आफ्ना प्रयोकर्ताका लाखौं पासवर्डहरु वर्षौंसम्म पढ्न सकिने रिडेबल फम्र्याटमा स्टोर गरेर राखिएको स्वीकार गरेको थियो ।

ती पासवर्डहरु केबल २ हजार प्राविधिकको पहुँचमा मात्र रहेको बताउँदै फेसबुकले त्यसको दुरुपयोग भने नभएको दाबी गरेको थियो । यद्यपि कसरी यस्तो हुन गयो भन्ने बारे भने फेसबुकले केही जानकारी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ३ : ०९ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज