तपाईंको इन्स्टाग्रामको पासवर्ड कसैले प्रयोग गरिरहेको त छैन ? फेसबुकले गर्‍यो खुलासा | Khabarhub Khabarhub

तपाईंको इन्स्टाग्रामको पासवर्ड कसैले प्रयोग गरिरहेको त छैन ? फेसबुकले गर्‍यो खुलासा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल कम्पनी फेसबुकले गत महिना भएको पासवर्डसँग सम्बन्धित घटनाबाट ‘दशौं लाख’ इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएको पुष्टि गरेको छ ।

इन्स्टाग्रामको स्वामित्व रहेको सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक ब्लग सार्वजनिक गर्दै यसको पुष्टि गरेको हो । यसअघि फेसबुकको पासवर्डसँग सम्बन्धित घटनाबाट दशौं हजार प्रयोगकर्ता प्रभावित भएको बताइएको थियो ।

‘हामीले हालै इन्स्टाग्रामका पासवर्डहरु रिडेबल फम्र्याटमा स्टोर गरेको पत्ता लगाएका छौं ।’ कम्पनीले जनाएको छ, ‘हाम्रो अनुमान अनुसार यसबाट दशौं लाख इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएका छन् । यसबारे हामी हाम्रा प्रयोगकर्तालाई सूचना दिनेछौं ।’

‘हाम्रो अनुसन्धानले स्टोर भएका ती पासवर्डहरु आन्तरिक रुपमा दुरुपयोग भएको वा ती पासवर्डमा कसैले पहुँच पु¥याएको भेटेका छैनौं ।’ फेसबुकले ब्लगमा लेखेको छ ।

फेसबुकले यस घटनाबाट कति लाख प्रयोगकर्ता प्रभावित भए भन्नेबारे भने केही खुलाएको छैन ।

अघिल्लो महिना फेसबुकले आफ्ना प्रयोकर्ताका लाखौं पासवर्डहरु वर्षौंसम्म पढ्न सकिने रिडेबल फम्र्याटमा स्टोर गरेर राखिएको स्वीकार गरेको थियो ।

ती पासवर्डहरु केबल २ हजार प्राविधिकको पहुँचमा मात्र रहेको बताउँदै फेसबुकले त्यसको दुरुपयोग भने नभएको दाबी गरेको थियो । यद्यपि कसरी यस्तो हुन गयो भन्ने बारे भने फेसबुकले केही जानकारी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ३ : ०९ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ