कर्णालीमा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ शुरु « Khabarhub

कर्णालीमा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ शुरु


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौै– सरकारले कर्णाली प्रदेशका १० जिल्लामा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच सो कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कर्णाली प्रदेशको सुर्खेत, हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम, दैलेख र सल्यान गरी १० वटा जिल्लामा दोस्रो चरणमा सुरु गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य त्यहाँका विपन्न वर्गको खाद्य सुरक्षा गर्नु रहेको कार्यक्रमका संयोजक राजेन्द्र भारीले जानकारी दिए । नेपाल सरकार, कृषि विकासका लागि अन्तराष्ट्रिय कोष, स्वीस विकास नियोगको गरी कूल ६८ मिलियन यूस डलर बजेटमा संचालन हुने सो कार्यक्रमको अवधि ६ वर्षको रहेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले ३५ हजार विपन्न वर्गको घरधुरीलाई पोषणयुक्त खाद्यन्न उपलब्ध गराउने गरी सुरु गरिएको सो कार्यक्रम लक्षित समूदायसँग पु¥याउने चुनौतिको कामना गरेर अघि बढन सरोकारवाला सबै निकायलाई सचेत गराए । उनले नेपालमा भोकमरी नभएको उल्लेख गर्दै षोषणयुक्त खाद्यन्नको अभाव नहुने गरी सो कार्यक्रम अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

सरकारले यस अघि पनि कर्णाली प्रदेशका ती जिल्लाहरुमा कृषि क्षेत्र विकास कार्यक्रम संचालन गरिसकेको छ । तर सो कार्यक्रम लक्षित समूदायमा नपुगेको उल्लेख गर्दै मन्त्री खनालले अवको कार्यक्रम भने लक्षित समूदायको हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ४ : ४३ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक