बालुवाटार प्रकरण : जग्गा किनबेच गर्नेलाई कांग्रेसले नछाड्ने « Khabarhub

बालुवाटार प्रकरण : जग्गा किनबेच गर्नेलाई कांग्रेसले नछाड्ने


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बालुवाटारको जग्गा किनबेच गर्ने कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।

कास्कीको सार्दीखोलामा बीपी स्मृति भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारी जग्गालाई व्यक्तिको नाममा किनबेच गरेकोमा आपत्ति प्रकट गर्दै कांग्रेसले जो कोहिलाई नछाड्ने बताएका हुन् ।

उनले सरकारको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा कसरी पुग्यो ? बेच्ने को हो किन्ने को हो ? भनेर प्रश्न समेत गरे । सुवर्ण शम्सेरको जग्गा तत्कालीन राजा महेन्द्रले अतिक्रमण गरेको स्मारण गर्दै किनबेच गर्न नपाइने जग्गा कसरी किनबेच भयो भनेर आश्चर्य प्रकट गरे ।

सभापति देउवाले केपी ओली सरकार भ्रष्टाचारमा डुबेको र देशमा लुटतन्त्र मच्चाएको आरोप समेत लगाए । उनले निर्मला पन्त हत्याकाण्डमा सरकार कै हात रहेको औल्याउँदै सरकार नै दोषी लुकाउन लागेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सिंहदरवारमा बसेर कम्युनिष्टको बर्को ओडेर देश लुट्न नपाइने भन्दै कम्युनिष्टले प्रधानमन्त्री निवास बालुवाटारमा समेत आँखा गाँडेको आरोप लगाए । उनले प्रधानमन्त्रीले कांगेसलाई कथाकथित भनेर आफ्नै खिल्ली उडाएको जिकिर गरे ।

कांग्रेस राजसंस्थाविरुद्ध सडकमा हुदाँ बालकोटमा बसेर बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने तपाँई नै हैन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे । केन्द्रीय सदस्य गुरुङले जनताको मोवाइल नछिर्ने विमानस्थलबाट माफियाको टनका टन सुन कसरी छिर्ने गरेको भन्दै सरकारको आलोचना गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ४ : ४८ बजे

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा