भारतद्वारा सिन्धुपाल्चोकस्थित गुम्बाको पुनर्निर्माण « Khabarhub

भारतद्वारा सिन्धुपाल्चोकस्थित गुम्बाको पुनर्निर्माण


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ ।

स्याल्पा तेन्जिङ् रिम्पोछेले विहीबार उक्त भवनको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले विशेष अतिथिका रुपमा सहभागी भएका थिए ।

गुम्बा पुनर्निर्माणका अतिरिक्त नेपाली रुपैयाँ १ करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण गरिएको छ ।

वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

लिसंखु गाउँवासीहरुको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ््योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहँदै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ७ : १२ बजे

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि