‘जात्रै जात्रा’ को चौतर्फी चर्चा, हाउसफूल ओपनिङ « Khabarhub

‘जात्रै जात्रा’ को चौतर्फी चर्चा, हाउसफूल ओपनिङ


५ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ ले शुक्रवार र शनिवार उत्साहित व्यापार गरेको छ । यो चलचित्रले मल्टिप्लेक्स र सिङ्गल थिएटरका हलमा आक्रामक व्यापार गरेको हो ।

प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका छ । चलचित्रमा भेटिएको सुन लुकाउन तीन पात्रले गर्ने कसरतलाई कथानक बनाइएको छ ।

शनिवार राजधानीका मल्टिप्लेक्स हलमा यो फिल्म हाउसफूल भएको थियो । सिङ्गल थिएटरमा पनि दर्शकको उत्तिकै उपस्थिति देखिएको थियो । फिल्मका निर्देशक प्रदीप भट्टराईले चलचित्रबाट दर्शकको अपेक्षित साथ पाएकोमा खुशी व्यक्त गरे । यस्तै चलचित्रमा शीर्ष भूमिका निभाएका विपिन कार्कीले आफूले अपेक्षा गरेभन्दा बढी माया पाएको प्रतिक्रिया दिए ।

चलचित्रका कलाकार राजधानीका हलमा दर्शकसँग साक्षात्कारका लागि पुगेका थिए । कमेडी जानरामा निर्माण भएको यो फिल्मले समीक्षात्मक रुपमा पनि उत्तिकै तारिफ पाएको छ । चलचित्रलाई फिल्म हेरेका दर्शकले पनि मन पराएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  १० : १३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति