‘जात्रै जात्रा’ को चौतर्फी चर्चा, हाउसफूल ओपनिङ « Khabarhub

‘जात्रै जात्रा’ को चौतर्फी चर्चा, हाउसफूल ओपनिङ


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ ले शुक्रवार र शनिवार उत्साहित व्यापार गरेको छ । यो चलचित्रले मल्टिप्लेक्स र सिङ्गल थिएटरका हलमा आक्रामक व्यापार गरेको हो ।

प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका छ । चलचित्रमा भेटिएको सुन लुकाउन तीन पात्रले गर्ने कसरतलाई कथानक बनाइएको छ ।

शनिवार राजधानीका मल्टिप्लेक्स हलमा यो फिल्म हाउसफूल भएको थियो । सिङ्गल थिएटरमा पनि दर्शकको उत्तिकै उपस्थिति देखिएको थियो । फिल्मका निर्देशक प्रदीप भट्टराईले चलचित्रबाट दर्शकको अपेक्षित साथ पाएकोमा खुशी व्यक्त गरे । यस्तै चलचित्रमा शीर्ष भूमिका निभाएका विपिन कार्कीले आफूले अपेक्षा गरेभन्दा बढी माया पाएको प्रतिक्रिया दिए ।

चलचित्रका कलाकार राजधानीका हलमा दर्शकसँग साक्षात्कारका लागि पुगेका थिए । कमेडी जानरामा निर्माण भएको यो फिल्मले समीक्षात्मक रुपमा पनि उत्तिकै तारिफ पाएको छ । चलचित्रलाई फिल्म हेरेका दर्शकले पनि मन पराएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १० : १३ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ