‘वीर विक्रम २’ हेर्न शनिवार दर्शकको भीड, पायो मिश्रित प्रतिक्रिया « Khabarhub

‘वीर विक्रम २’ हेर्न शनिवार दर्शकको भीड, पायो मिश्रित प्रतिक्रिया


५ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वीर विक्रम २’ ले शुक्रवारको तुलनामा शनिवार आशालाग्दो व्यापार गरेको छ । शुक्रवार औसत ओपनिङ गरेको यो फिल्मले शनिवार बिदाको दिन भने दर्शकको राम्रो साथ पायो । मल्टिप्लेक्स हलमा भने यो फिल्मले धेरै शो पाएको छैन । यद्यपि पाएका शोमा दर्शकको राम्रो साथ पायो ।

सिङ्गल थिएटरमा भने यो फिल्मले शनिवार सुखद् व्यापार गर्‍यो । शनिवार राजधानीका विभिन्न हलमा कलाकारको टिम पुगेको थियो । फिल्म हेरिसकेपछि दर्शकले कलाकारलाई प्रत्यक्ष भेटेका थिए ।

राजधानीको गोपीकृष्ण हलमा सिनेमा हेरेका दर्शकले फिल्म राम्रो लागेको प्रतिक्रिया दिँदै कलाकारको हौसला बढाएका थिए । हलबाहिर उपस्थित दर्शकले ‘एक दुई तीन छेपारो छिन्’ भन्दै हूटिङ गरेका थिए । फ्यानले कलाकारसँग सेल्फी खिच्दै खुशी साटेका थिए ।

मिलन चाम्सले निर्देशन गरेको यो फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । लभस्टोरी मन पराउने दर्शकले यो फिल्म राम्रै लागेको प्रतिक्रिया दिएका छन् । प्रदीप भारद्वाजले स्किृप्ट लेखेका यो फिल्मले समीक्षात्मक रुपमा भने राम्रो प्रतिक्रिया पाउन सकेन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  १० : २९ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म