ड्युटीका क्रममा बेहोस भएका सैनिक जवानको मृत्यु « Khabarhub

ड्युटीका क्रममा बेहोस भएका सैनिक जवानको मृत्यु


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेनाको बारादल गणमा कार्यरत सैनिक जवानको मृत्यु भएको छ ।

ड्युटीमा रहेका बेला बेहोस भएर ढलेका सैनिक जवान २८ वर्षीय देवीराम जैसीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

जैसी शनिबार राति १२ बजेदेखि ३ बजेसम्मका लागि ड्युटीमा थिए । उनी ड्युटीमै रहेका बेला बेहोस भएर ढलेका थिए ।

बेहोस भएलगत्तै उपचारका लागि लगिए पनि बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार जैसीको शव अहिले वीरगन्जस्थि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १० : ५८ बजे

आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

काठमाडौँ– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि

आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्‍मा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।