नेकपाको सचिवालय बैठक : केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने तयारी « Khabarhub

नेकपाको सचिवालय बैठक : केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने तयारी


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकता प्रक्रियाको कामलाई अन्तिम रुप दिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (आइतबार) बस्दैछ । गत जेठ ३ गते दुई पार्टीबीच एकता भएको पहिलो वर्षगाँठ मनाएको नेकपाले टुंग्याउन बाँकी रहेको एकताको कामलाई सक्ने गरी सचिवालय बैठकमा छलफल गर्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एकतासम्बन्धी बाँकी काम सकाउन शीर्ष नेताले पाएको जिम्मेवारीलाई सचिवालयले अन्तिम रुपम दिनेछ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताले एकता प्रक्रियाका बाँकी विषयलाई टुंग्याउन गृहकार्य गरेका थिए । शीर्ष नेताहरुबीचको छलफलबाट प्राप्त निष्कर्षलाई आजको बैठकले अनुमोदन गर्ने श्रेष्ठले बताए ।

सोही अनुसार शीर्ष नेताहरुबीचको छलफल र निष्कर्षलाई सचिवालय बैठकले अन्तिम रुपम दिने श्रेष्ठले बताए । ‘हामीले एकता प्रक्रियाका प्रायः सबै काम सकेका छौं । केहि विषयलाई अन्तिम रुप दिनुपर्ने थियो । त्यसलाई पनि शीर्ष नेताहरुले मोटामोटी रुपमा टुंग्याउनु भएको छ । आजको सचिवालय बैठकमा शीर्ष नेताले गरेको सहमतिलाई अन्तिम रुप दिने प्रयास हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘आजको सचिवालय बैठक एकता प्रक्रियालाई टुंग्याउने विषय मै केन्द्रित हुनेछ ।’

के के हुन्छ आजको सचिवालय बैठकमा ?

आजका लागि बोलाइएको सचिवालय बैठकमा पार्टीको पोलिटव्युरो गठनका विषयमा छलफल केन्द्रित हुनेछ । त्यस्तै बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने, विशेष प्रदेश कमिटी गठन गर्ने, विशेष जिल्ला कमिटी गठनको एजेन्डालाई मुर्तरुप दिने लगायतका विषयमा छलफल हुनेछ ।

नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी छ । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताका बीचमा भएको छ ।

त्यस्तै बैठकबाट केन्द्रीय आयोग, विभागदेखि उपत्यका विशेष प्रदेश सम्मको ठोस निर्णय गरिने प्रवक्ता श्रेष्ठले बताए ।

त्यसैगरी शीर्ष नेताहरुबीच भएको छलफलमा संगठन विभाग, अन्तर्राष्टिय विभाग, स्कुलिङ विभाग, प्रचार विभाग, आर्थिक विभाग जस्ता महत्वपूर्ण विभागको जिम्मेवारी सचिवालयकै सदस्यलाई दिने गरी भएको सहमतिलाई बैठकले अन्तिम रुप दिनेछ ।

अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागिसकेको छ ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै पार्टीका शीर्ष नेताहरूले तीन महिनाभित्रमा पार्टी एकीकरणको सबै काम टुंग्याउने घोषणा गरेका थिए ।

तर, एकताको एक वर्ष बित्दासमेत पार्टीको एकता टुंगो लाग्न नसक्दा पार्टी तथा सरकार सञ्चालनमा पनि प्रभाव परेको छ । नेताहरूले जिम्मेवारी पाउन नसक्दा पार्टी प्रभावकारी एवं विधानअनुसार सञ्चालन हुन सकेको छैन ।

पार्टीले एकता प्रक्रिया टुंग्याएर देशव्यापी विशेष अभियान चलाउने भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १२ : १० बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली