विश्व चर्चित कान्स फिल्म फेस्टिभलमा प्रियंका कार्की सहभागी हुने « Khabarhub

विश्व चर्चित कान्स फिल्म फेस्टिभलमा प्रियंका कार्की सहभागी हुने


५ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै लोकप्रिय फेस्टिभलमा पर्ने कान्स फिल्म फेस्टिभलमा प्रियंका कार्कीले सहभागिता जनाउने भएकी छिन् । फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल २०१९ मा प्रियंका कार्की २० मे (भोलि) देखि २४ मेसम्म रहनेछिन् ।

नायिका कार्कीले कान्सको रेड कार्पेटमा हिँड्ने सपना भएको बताएकी छिन् । आफूले एक दिन रेड कार्पेटमा हिँड्ने सपना बनाएको र त्यो सपना अहिले आएर पूरा भएको बताएकी छिन् ।

कान्समा सहभागिता जनाउनका लागि उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । प्रियंकाले आफ्ना फ्यानलाई गौरावान्वित गराउने बताएकी छिन् ।

मंगलवार शुरु भएको ७२ औँ कान्स फिल्म फेस्टिभलमा विश्वचर्चित कलाकारहरुको उपस्थिति रहने गर्छ । जारी फेस्टिभलमा अमेरिकी हरर तथा कमेडी फिल्म ‘द डेड डन्ड डाई’ को आधिकारिक प्रिमियर गरिएको थियो । यो फेस्टिवलमा विश्वचर्चित अभिनेताहरुलाई रेड कार्पेटमा स्वागत गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  १२ : २७ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण