पाकिस्तानी रुपैयाँ बन्यो नेपालको भन्दा कमजोर | Khabarhub Khabarhub

पाकिस्तानी रुपैयाँ बन्यो नेपालको भन्दा कमजोर


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रख्यात आर्थित समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी रुपैयाँ एशियाको सबैभन्दा कमजोर मुद्रा बनेको दाबी गरेको छ । पछिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा धेरै गिरावट एशियाको १३ मुख्य मुद्रामध्ये सबैभन्दा कमजोर बनेको छ ।

दैनिक पत्रिका जंगको एक रिपोर्टका अनुसार पाकिस्तानी रुपैयाँ मे महिनामा २९ प्रतिशतको गिरावट आएको छ ।

उता पाकिस्तानको तुलनामा अफगानिस्तान, बंगलादेश र नेपालको मुद्रा स्थिर रहेको छ ।

एक डलरको तुलनामा आफगानिस्तानी मुद्राको मूल्य ७९, भारतीय रुपैयाँ ७०, बंगलादेशको टका ८४ र नेपाली रुपैयाँ ११२ रहेको छ ।

यसका साथै विहीवार पाकिस्तानको शेयर बजारमा निकै उथलपुथल आएको थियो । शुक्रबार बजारमा पाकिस्तानी रुपैयाँ आएको गिरावटका कारण शेयर बजारमा ८०० अंकले गिरावट आएको थियो । यो पछिल्लो डेढ दशकको सबैभन्दा ठूलो गिरावट हो । यसका साथै अन्तर वैंक बजार पनि उथलपुथल भएको छ र डलरको तुलनामा पाकिस्तानी रुपैयाँ १४९ रुपैयाँसम्म गिरावट आएको छ ।

एक्सचेन्ज कम्पनीज एसोसिएशन अफ पाकिस्तानका अनुसार खुला बजारमा एक डलरको पाकिस्तानी रुपैयाँ १५१ सम्म कारोबार भइहहेको छ ।

पाकिस्तानी रुपैयाँमा पाँच प्रतिशतको अवमूल्यनका कारण व्यवसायी जगतमा निकै ठूलो भूकम्प गएको छ ।
पछिल्लो १७ वर्षमा शेयर बजारको निकै खराब हप्ता बन्न पुगको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १२ : ११ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग